तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहारलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेकोले ७७ वटै जिल्लामा प्रदर्शन गरिएकाे छ।
प्रदर्शनमा कांग्रेसले भ्रष्टाचार, बढ्दो बलात्कार र हिंसालगायत जनजीविकाको सवाल उठाएकाे छ।
देशव्यापी प्रदर्शनअन्तर्गत सभापति शेरबहादुर देउवाले मकवानपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन्।
उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
" />