काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजाको पालामा लोकतन्त्रको पक्षमा बोलिँदा टाउको काट्ने गरेकोमा कम्युनिस्ट सरकारले पुल उद्घाटन गर्दा करङ भाँच्न खोजेको आरोप लगाएका छन्।
प्रवृत्तिगत रूपमा उही अधिनायकवादी राजाको जस्तो चरित्र वर्तमान कम्युनिस्ट नेतृत्वको सरकारमा देखिएको उनले बताए।
“राजाको प्रत्यक्ष शासन भएको पञ्चायत कालमा लोकतन्त्रको पक्षमा बोल्दा टाउको काटिन्थ्यो, अहिले पुल उद्घाटन गर्दा कम्युनिस्ट सरकारले करङ भाँच्न खोज्छ,” काठमाडौंको शान्ति बाटिकामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भने, “कम्युनिस्ट सरकारमा अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखियो।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति आफूमातहत केन्द्रित गरेर शक्तिको दुरुपयोग गरेको भन्दै टिप्पणी गरे। परिणामतः भ्रष्टाचार बढेको उनले बताए।
“बढीभन्दा बढी शक्ति भएपछि शासकले शक्तिको दुरुपयोग गर्छ र त्यसको आडमा भ्रष्टाचार गर्छ, अहिले त्यस्तै देखियो,” नेता पौडेलले बताए।
उनले लोकतन्त्र कम्युनिस्ट सरकार, प्रतिगामी शक्ति (राजावादी) र विप्लव समूहबाट संकटमा परेको बताए। लोकतान्त्रिक संविधानअनुसार बनेको कम्युनिस्ट सरकारले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशीतामाथि निरन्तर प्रहार गरेको पनि उनले बताए।
उनले लोकतान्त्रिक राज्य व्यवस्थालाई उल्ट्याउन प्रतिगामी शक्तिले दुष्प्रयास गरेको भन्दै निन्दा गर्दै भने, “कस्तो खालको राजा ल्याउन खोजेको? २०६१ सालको जस्तो? सर्वसत्तावादी र अधिनायकवादी राजा?”
नेपाली जनताले प्रतिगमनलाई नरुचाउने, तर राजाको सवाल उठ्नुको पछाडि कम्युनिस्ट सरकारको गतिविधि जिम्मेवार रहेको दाबी उनले गरे।
प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना कालमा जनतालाई राहत दिने, उपचारको व्यवस्थापन गर्नेदेखि किसानहरूलाई राहत दिनेलगायतका काम सरकारबाट प्रभावकारी नभएको बताए।
अब, सरकारबाट नहुने भन्दै कांग्रेस आफैले ती कामहरू गर्न जरुरी रहेको उनको भनाइ छ।
" /> काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजाको पालामा लोकतन्त्रको पक्षमा बोलिँदा टाउको काट्ने गरेकोमा कम्युनिस्ट सरकारले पुल उद्घाटन गर्दा करङ भाँच्न खोजेको आरोप लगाएका छन्।प्रवृत्तिगत रूपमा उही अधिनायकवादी राजाको जस्तो चरित्र वर्तमान कम्युनिस्ट नेतृत्वको सरकारमा देखिएको उनले बताए।

">