काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन्।
सोमबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ।
भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्रराष्ट्र भएको बताउँदै स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिएका थिए। भेटमा उनले बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएकोसमेत स्मरण गरेका थिए।
उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरे।
उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने जनाउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरूको साझा रूपमै सामना गर्नुपर्ने बताए।
“कोभिड–१९ बाट विश्वसँगै नेपाल पनि छिट्टै सहज अवस्थामा फर्कने छ। हामी पर्यटकलाई स्वागत गर्न आतुर छौं,” उपराष्ट्रपतिले भने, “बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल आउनेमा विश्वस्त छौं।”
उपराष्ट्रपतिसँगको भेटमा बंगलादेशका राजदूत चौधरीले बंगलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए।
राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बंगलादेशले सहकार्य विस्तार गर्न चाहेको बताए। उनले आगामी साता बंगलादेशबाट नेपालले मल किन्नेसम्बन्धी सम्झौता हुनेसमेत जनाए।
“एडभेन्चर टुरिजमका लागि भन्नै पर्दैन, बंगलादेशीहरूको पहिलो गन्तव्य नेपाल हो,” उनले भने।
राजदूत चौधरीले बंगलादेश ‘क्लिन इनर्जी’प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सोको लागि नेपालको बिजुली किन्न चाहेको बताए। “बंगलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ। किनकि, यो क्लिन इनर्जी हो,” उनले भने।
" /> काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन्।सोमबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ।

">