काठमाडौं। संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार केही बेरअघिबाट बैठक सुरू भएको हो।
पर्याप्त तयारी नपुगेको भन्दै सभामुख बैठकमा उपस्थित नभएको उनीनिकट स्रोतले बताएको छ।
बैठकमा प्रधान न्यायाधीश, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति, राष्ट्रिय सभा अध्यक्ष सहभागी छन्।
तीन दिनअघि आइतवार बैठक तय गरिएको भए पनि देउवा अनुपस्थित भएपछि औपचारिक रूपमा बैठक नबसी स्थगित भएको थियो।