काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरू भएको हो।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद्को बैठकसम्बन्धीको अध्यादेशबारे छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका केही नेताहरूले अध्यादेश जारी भएपछि विरोध गर्दै प्रतिक्रिया जनाइरहेका छन्।
पार्टी बैठकले अध्यादेशबारे पार्टीको आधिकारिक धारणा तय गर्ने प्रवक्ता शर्माले बताए।
संवैधानिक परिषद्को बैठकसम्बन्धीको अध्यादेशमा परिषद् अध्यक्ष तथा प्रधानमन्त्रीसहित बहुमत सदस्य उपस्थित भएको अवस्थामा बैठक बसेर निर्णय गर्न सकिने प्रावधान राखिएको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरू भएको हो।बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद्को बैठकसम्बन्धीको अध्यादेशबारे छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

">