काठमाडौँ। निर्धारित समयभन्दा झन्डै ३ घन्टापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ।
स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’मा छलफल नचलाउने तथा सरकारले हालै जारी गरेको संवैधानिक परिषद्को अध्यादेश फिर्ता लिने सहमति भएलगत्तै बैठक सुरु भएको हो।
यसअघि ‘अभियोगपत्र’मा छलफल चलाउने भए आफू उपस्थित नहुने प्रधानमन्त्री ओलीले अडान लिएपछि बैठक झन्डै ३ घन्टा अवरुद्ध हुन पुगेको थियो। ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्ड महासचिव बिष्णुप्रसाद पौडेललाई लिएर पुनः छलफलका लागि बालुवाटार गएका थिए।
प्रधानमन्त्रीको निवासमा भएको द्विपक्षीय छलफलपछि ओली बैठकमा उपस्थित भएका छन्। स्थायी कमिटी बैठक जारी छ।
" /> काठमाडौँ। निर्धारित समयभन्दा झन्डै ३ घन्टापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ।स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’मा छलफल नचलाउने तथा सरकारले हालै जारी गरेको संवैधानिक परिषद्को अध्यादेश फिर्ता लिने सहमति भएलगत्तै बैठक सुरु भएको हो।

">