काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा जानुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका कतिपय निर्णय र प्रस्तावहरू फिर्ता गर्ने सहमति भएको छ।
गत कात्तिक २८ गते राजनीतिक प्रस्ताव भन्दै ओलीमाथि विभिन्न आरोप लगाउँदै ल्याइएको ‘अभियोग पत्र’ देखी मंगलबार सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले राष्ट्रपति कार्यालयमा दर्ता गराउन खोजेको संसदको विशेष अधिवेशन बोलाउने प्रस्ताव पनि अगासड नबढाइने भएको छ।
“प्रधानमन्त्री ओलीमाथि लगाइएको लाञ्छनापत्र वा अभियोग पत्रदेखि सरकारले हालै जारी गरेको अध्यादेश फिर्ता गर्ने सहमति भएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “प्रचण्डले आफ्नो आरोपलाई छलफलको अजेन्डा नबनाउने भएपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने सहमति भएको हो।”
उनका अनुसार उक्त सहमतिपछि स्थायी कमिटी बैठक सुचारु भएको छ।
ओलीले प्रचण्डले लगाएको आरोपका बारेमा छलफल हुने भए बैठकमा नआउने जनाएपछि ओलीलाई भेट्न पुगेका प्रचण्डसँग अध्यादेश फिर्ता लिने सहमति गरेका हुन्।
" /> काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा जानुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका कतिपय निर्णय र प्रस्तावहरू फिर्ता गर्ने सहमति भएको छ।गत कात्तिक २८ गते राजनीतिक प्रस्ताव भन्दै ओलीमाथि विभिन्न आरोप लगाउँदै ल्याइएको ‘अभियोग पत्र’ देखी मंगलबार सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको छ।

">