नेकपाको स्थायी कमिटी बैठक सकियो, अब पुस ५ मा बस्ने
<p>काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस ५ गते पुनः बस्नेगरी टुंगिएको छ।</p>
<p>झण्डै तीन घण्टा ढिलागरी बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षर स्थगित गर्ने निर्णय गरेको छ।</p>
<p>‘‘सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै संकलन गरिएको हस्ताक्षर पनि रोक्ने निर्णय गरेको छ,’’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘‘र, हिजोको संवैधानिक परिषद्को बैठकमा कसैलाई पनि सिफारिस नगरिएको प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ।’’</p>
<p>उनका अनुसार स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने भएकाले सो दिनका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि सारिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्