काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मात्र हुने सहमतिलाई बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गर्ने अडान छाडेका छैनन् ।
बुधवारको स्थायी कमिटी बैठकअघि भएको छलफलमा ओली-प्रचण्ड बिच ‘गोप्य सहमति’ भएको आशंका गरेका बरिष्ठ नेता नेपालले कुनै पनि निर्णय लिनु अघि कमिटीगत छलफल हुनु पर्ने भन्दै दुई नेताबीचको मात्रै सहमतिलाई अस्वीकार गर्ने अडान पुनः दोहोर्याएका हुन् ।
बुधवारको स्थायी कमिटीमा पनि बरिष्ठ नेता नेपालले दुई अध्यक्षको सहमतिलाई नीजि र व्यक्तिगत सहमतिको रूपमा हेर्नुपर्ने धारणा राखेका छन् ।
‘पार्टीको बैठक चलिरहेका वेला दुईजना अध्यक्षबीचमा मात्रै भएको सहमतिलाई मात्र कसरी मान्न सकिन्छ ? यो मान्न सकिन्न,’ बरिष्ठ नेता नेपालले बैठकमा असहमति जनाउँदै भने, पार्टीका कमिटीको निर्णयको आधारमा चल्ने कि दुई अध्यक्षको निर्णयमा ?’ उनका अनुसार पार्टी दुई अध्यक्षको मात्रै नभएकाले सहमतिको स्वामित्व अन्य नेताले पनि लिन पाउनु पर्छ ।
स्थायी कमिटी बैठकमा जानुअघि अध्यक्षद्वय ओली-प्रचण्ड बीच ‘वान टू वान’ वार्ता भएको थियो तर सो भेटघाटमा ओलीले गत कात्र्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘अभियोग पत्र’ मा कमिटीगत छलफल चलाउने भए आफू बैठकमा नआउने स्पष्ट पारेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको उक्त पुर्ववतः अडानका कारण अपरान्ह १ बजे बोलाइएको बैठक सुचारु हुन नसके पछि प्रचण्डले पुनः ओलीसँग वार्ता गरेका थिए । दोस्रो पटकको वार्तामा स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाललगायतका नेताहरुलाई साक्षी राखेर भएको वार्ता पछि तत्काल कार्यान्वयन हुने गरी तीनवटा सहमति बनेको थियो ।
पहिलो, सहमतिको आधारमा संवैधानिक नियुक्तीहरु गर्ने, दोस्रो संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता लिने र तेस्रो, संसदको विशेष अधिवेसन आव्हानका लागि राष्ट्रपति कार्यालयमा दर्ता गराउनका लागि संकलन गरिएको हस्ताक्षरको प्रक्रिया स्थगित गर्ने ।
तत्काल कार्यान्वयन हुने गरी मुख्यतः तीनवटा विषयमा अध्यक्षद्वय ओली-प्रचण्ड बीचमा सहमति भएपछि झन्डै तीन घन्टा पछि बसेको स्थायी कमिटीले सर्वसम्मत रुपमा सो सहमतिलाई प्रस्तावको रुपमा उल्लेख गर्दै पारित गरेको थियो ।
जुन सहमति हुने क्रममा बरिष्ठ नेता नेपालको कुनै सक्रिय सहभागिता रहेको थिएन भने अन्य सचिवालय सदस्य पनि नजोडिएको उक्त सहमति अध्यक्ष ओली–प्रचण्डका बिचमा मात्रै भएको थियो । स्थायी कमिटीले सर्वसम्मत रूपमा पारित गरे पनि बरिष्ठ नेता नेपालले ओली–प्रचण्ड बिचमा अन्य ‘भद्र सहमति’ भएको आशंका गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रचण्डले ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउँदै प्रस्तुत गरेको ‘अभियोग पत्र’ र त्यसको जवाफमा ओलीले प्रस्तुत गरेको ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल नचलाउने तथा सम्भव भए पुस ५ को स्थायी कमिटी बैठकमा साझा प्रस्ताव लैजाने बारेमा दुई नेताबीच ‘भद्र सहमति’ भएको छ । जुन सहमतिको चाल पाएपछि नेपालले असन्तुष्टी जाहेर गर्दै दुई अध्यक्षको सहमतिलाई अस्वीकार गर्ने भने पछि कार्यकारी अध्यक्ष प्रचण्ड दबाबमा परेका छन् ।
जसकारण, स्थायी कमिटी बैठक सम्पन्न भएको केही सम पछि दुईवटा सहमति भएको जनाउनु परेको थियो जबकि प्रचण्डको सचिवालयले दुई सहमति भने पनि स्थायी कमिटीले तीनवटा सहमतिलाई प्रस्तुत गरी निर्णयार्थ पेस गरी सर्वसम्मत रूपमा पारित गरेको थियो ।
तर, प्रचण्डले ओलीसँग अन्य पनि सहमति गरेर बैठकमा आएको आशंका गर्दै दुई अध्यक्षबीचको मात्रै सहमतिलाई मान्यता नदिने नेपालले जनाएका छन्। ‘जे जे विषय र मुद्दा हो, त्यो सबै कमिटीको बैठकमा राख्नुपर्छ, कमिटीको बैठकमा नै सहमति हुन्छ, प्रस्ताव जान्छ र निर्णय हुन्छ,’ नेपालले बैठकमा भने, ‘त्यसबाहेकको कुनै पनि सहमति त तपाईंहरूको निजी सहमति हुन्छ, नीजि सहमति मान्यता दिन कमिटी बाध्य हुने छैन ।’ उनले घुमाउरो भाषामा प्रचण्डलाई एक्लै सहमति नगर्न चेतावनी पनि दिएको नेपाल निकट नेताहरुले बताएका छन ।
ओली-प्रचण्ड बिच वालुवाटारमा सहमति भईसक्दा नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावल भने विशेष अधिवेशन बोलाउने पत्र लिएर बैठक नसकुञ्जेल शीतल निवासमा बसिरहेका थिए ।
उक्त घटनाले नेपाल जसरी पनि राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएर विशेष महाधिवेशन बोलाउन दबाब दिने पक्षमा थिए तर प्रचण्डले ओलीसँग सहमति गरेर नेपालको योजना तुहाई दिएपछि उनी बैठकमा आक्रोशित बनेको नेताहरूले बताएका छन् ।
" /> काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मात्र हुने सहमतिलाई बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गर्ने अडान छाडेका छैनन् ।बुधवारको स्थायी कमिटी बैठकअघि भएको छलफलमा ओली-प्रचण्ड बिच ‘गोप्य सहमति’ भएको आशंका गरेका बरिष्ठ नेता नेपालले कुनै पनि निर्णय लिनु अघि कमिटीगत छलफल हुनु पर्ने भन्दै दुई नेताबीचको मात्रै सहमतिलाई अस्वीकार गर्ने अडान पुनः दोहोर्याएका हुन् ।

">