काठमाडौँ। कार्यकर्ताहरूले शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई एकताबद्ध गरी पार्टी अघि बढाउन खबरदारी गर्दै सरकारको साख जोगाउन आग्रह गरेका छन्।
चन्द्रागिरी नगरपालिका-१ ले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई “पार्टी फुटाउँदा कार्यकर्ताको केही जाँदैन तर नेताको पद र सेवासुविधा गुम्ने त होला नि” भन्दै व्यङ्ग्य गरेका थिए।
“खबरदार! पार्टी फुटाउन पाइँदैन! पार्टी फुटे अपार जनातको मन रुन्छ, त्यसैले पार्टी फुटेर होइन जुटेरै अघि बढ्नुपर्छ,” स्थानीय कार्यकर्ताले मन्त्री श्रेष्ठलाई भने।
सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नरहेको बताए। उनले भने, “तपाईँहरू ढुक्क हुनुहोस, कुनै पनि हालतमा पार्टी फुट्दैन। फुट्न पनि दिँदैनौँ,” उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूरै अवधि टिक्ने दाबी गरे।
जनताको चाहनाअनुसार विकास निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए।
“मैले तपाईँहरूले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु¥याउनेछु,” कार्यकर्ताको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले भने, “आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिँदैनौँ।”
सरकार र पार्टीबीच कुनै असमझदारी नरहेको उनले बताए।
कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट खबरदारी आवश्यक रहेको जनाए। कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराएका थिए।
" /> काठमाडौँ। कार्यकर्ताहरूले शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई एकताबद्ध गरी पार्टी अघि बढाउन खबरदारी गर्दै सरकारको साख जोगाउन आग्रह गरेका छन्।चन्द्रागिरी नगरपालिका-१ ले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई “पार्टी फुटाउँदा कार्यकर्ताको केही जाँदैन तर नेताको पद र सेवासुविधा गुम्ने त होला नि” भन्दै व्यङ्ग्य गरेका थिए।

">