मन्त्रिपरिषद्द्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न सिफारिस गरेको छ।

बालुवाटारमा केही बेरअघि बसेको आकस्मिक बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिससमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच आन्तरिक विवाद चर्किरहेको बेला मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्ने आकस्मिक निर्णय गरेको हो।

यसअघि समस्या समाधान विकल्प खोज्न अन्तिम सहमतिको लागि हिजो प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्डलगायतका नेता तथा मन्त्रीहरूसँग भेटघाट र छलफल गरेका थिए।

तर, भेटघाट तथा छलफलबाट ठोस निष्कर्ष भने निस्किएको थिएन।

प्रतिक्रिया दिनुहोस्