काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्तावको तयारी भएपछि मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महाअभियोग र अविश्वासको प्रस्ताव दर्ता गराउन खोजेपछि केहीबेरअघि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद बिघटनका लागि राष्टप्रतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
‘प्रचण्ड-नेपाल समूहले राष्ट्रपति विरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेको हो,’ ओली निकट नेताले भने । उनका अनुसार आफ्नै पार्टीका नेताहरू राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध लागेपछि यो अवस्था आएको हो।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्तावको तयारी भएपछि मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको छ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महाअभियोग र अविश्वासको प्रस्ताव दर्ता गराउन खोजेपछि केहीबेरअघि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद बिघटनका लागि राष्टप्रतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

">