काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद भंग गर्ने सरकारको सिफारिसप्रति आफ्नो समर्थन या विरोध केही नभएको बताएका छन्।
गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार नेता गौतमले आफू 'पर्ख र हेरको' अवस्थामा रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीको कदम असंवैधानीक र गैरराजनीतिक भएको भन्दै विपक्षी दलका साथै नेकपाभित्रैका नेताहरूले असन्तुष्टी जनाइरहेका छन्।
तर, प्रधानमन्त्रीनिकट एक नेताका अनुसार आफ्नै पार्टीका नेताहरू राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध लागेपछि यो अवस्था आएको हो।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद भंग गर्ने सरकारको सिफारिसप्रति आफ्नो समर्थन या विरोध केही नभएको बताएका छन्।गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार नेता गौतमले आफू 'पर्ख र हेरको' अवस्थामा रहेको बताएका छन्।

">