काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद जीवनराम श्रेष्ठले सरकारको संसद विघटन गर्ने निर्णयको विरुद्ध गणतन्त्रका पक्षधरलाई एकजुट हुन आह्वान गरेका छन्।
मन्त्रिपरिषदको बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा संसद विघटनको प्रस्ताव असंवैधानिक भएको जिकिर गरेका छन्।
श्रेष्ठ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूह अन्तर्गत वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता हुन्।
"संसद विघटनको सिफारिस असंवैधानिक कदम हो। यो लागु हुन सक्दैन। यस कदमको विरोधमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै एकजुट बनौं," नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र शीर्ष नेतृत्वबीच आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला आज बिहान बसेके मन्त्रिपरिषद बैठकले ससद विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुग्दा दाहाल पक्षले राष्ट्रपति विध्यादेवी भण्डारीमाथि महाअभियोग तथा प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताब दर्ता गराउने तयारी गरेपछि मन्त्रीपरिषदले संसद विघटनको निर्णय गरेको थियो।
विवाद चर्किइरहेकै बेला प्रधानमन्त्री ओली समाधान खोज्न हिजो प्रचण्ड निवास खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा प्रचण्डले लगाएका 'आरोप पत्र' फिर्ता लिन अनुरोध गरेका थिए। तर प्रचण्डले 'आरोप पत्र' र ओलीको 'प्रत्युत्तर पत्र' स्थायी कमिटीमा पेश भइसकेकाले त्यहीँ छलफल गरेर टुङ्गयाउने अडान कायम राखेका थिए।