संसद विघटन सिफारिसको कदम अधिनायकवादउन्मुख : देउवा
<p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने सरकारको प्रस्ताव 'अधिनायकवादउन्मुख' भएको टिप्पणी गरेका छन्। </p>
<p style="text-align: justify;">देउवाले ट्वीट गर्दै भनेका छन्, 'प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक छ। संविधानविपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न।'</p>
<p style="text-align: justify;">यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने उनले बताएका छन्। </p>