काठमाडौं। मन्त्रिपरिषद्को संसद विघटन गर्ने प्रस्तावमाथि राष्ट्रपतिको स्वीकृतिमाथि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विरोध गरको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक बोलाएर संसद विघटनमा सिफारिस गरेका थिए। सोही सिफारिस लिएर शीतल निवास पुगेका प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका थिए।
सोही सिफारिस स्वीकृत गर्दै संसद विघटन गरिएको राष्ट्रपतिको कार्यालयले केहीबेर अगाडि जानकारी दिएको थियो।
"प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ," जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी जोडदार विरोध गर्दछ।"
" /> काठमाडौं। मन्त्रिपरिषद्को संसद विघटन गर्ने प्रस्तावमाथि राष्ट्रपतिको स्वीकृतिमाथि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विरोध गरको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक बोलाएर संसद विघटनमा सिफारिस गरेका थिए। सोही सिफारिस लिएर शीतल निवास पुगेका प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका थिए।

">