काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद् विघटन गर्दै सरकारले गरेको निर्वाचनको घोषणाको स्वागत गरेका छन्।
“नेपाली जनताले नेकपालाई पाँच वर्षको लागि सत्ता सञ्चालन गर्ने जिम्मेवारी दिएको थियो, तर पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन,” भण्डारीले ट्वीटरमार्फत् भनेका छन्, “चल्न नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा हो।”
कसले के भन्छ भन्दा पनि देशमा के हुँदै छ भन्ने महत्त्वपूर्ण सवाल भएको उनले जनाएका छन्।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सिफारिस राष्ट्रपतिलाई बुझाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार आज नै संसद विघटन भएको घोषणा गरेकी छिन्।
" /> काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद् विघटन गर्दै सरकारले गरेको निर्वाचनको घोषणाको स्वागत गरेका छन्।“नेपाली जनताले नेकपालाई पाँच वर्षको लागि सत्ता सञ्चालन गर्ने जिम्मेवारी दिएको थियो, तर पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन,” भण्डारीले ट्वीटरमार्फत् भनेका छन्, “चल्न नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा हो।”

">