ओली सरकारका ७ मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत् कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

यसरी सामूहिक राजीनामा दिनेमा कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री, योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, वन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगरलगायतका छन्।

शिक्षा मन्त्री पोखरेलले राजीनामा वाचन गरेर जानकारी गराएका थिए।

पूर्व माओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले राजीनामा दिएनन्।

प्रतिक्रिया दिनुहोस्