ओलीलाई ढालेर प्रचण्ड प्रधानमन्त्री बनाउने भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएको खुलासा
<p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने उदेश्यसहित संसद सचिवालयमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ।</p>
<p>आइतबार बिहान संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको खुलेको हो।</p>
<p>९० जना सांसदको हस्ताक्षरसहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको सार्वजनिक भएको छ।</p>
<p>आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाए लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्