काठमाडौं। आफ्नै दलभित्रको आन्तरिक विवादका कारण राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै दिउँसो निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आगामी मध्यावधि निर्वाचनको सम्बन्धमा प्रधानमन्त्रीले आयोगका प्रमुख र सदस्यहरूसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेको जानकारी गराएका छन्।
आफ्नै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै बिहान संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए।
मन्त्रिपरिषद्ले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि अब वैशाखमा मध्यावधि निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्ले वैशाख १७ र २७ मा गरी दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेको छ।
" /> काठमाडौं। आफ्नै दलभित्रको आन्तरिक विवादका कारण राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै दिउँसो निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग छलफल गरेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आगामी मध्यावधि निर्वाचनको सम्बन्धमा प्रधानमन्त्रीले आयोगका प्रमुख र सदस्यहरूसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेको जानकारी गराएका छन्।

">