खनाल-नेपालका पक्षमा पूर्व एमालेका ३८ सांसद मात्रै, ओलीको पक्षमा ८३ जना
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पूर्व एमालेका ३८ जना सांसदले मात्रै साथ दिएको देखिएको छ।</p>
<p>प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पूर्व एमालेका १ सय २१ सांसद मध्ये नेपाल-खनालको आह्वानलाई ३८ जना सांसदले साथ दिदाँ प्रधानमन्त्री ओलीलाई पूर्व एमालेका ८३ जना सांसदले साथ दिएका छन्।</p>
<p>संघीय संसद सचिवालयमा आज दर्ता भएको अविश्वासको प्रस्तावमा खनाल-नेपालको आह्वानलाई साथ दिने पूर्व एमालेका नेताहरू ३८ जना मात्रै देखिएका छन् भने सो प्रस्तावमा लेखराज भट्टबाहेक ५२ जना माओवादी सांसदको हस्ताक्षर रहेको छ।</p>
<p>ओलीलाई हटाएर कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावले पूर्व एमाले भित्र ओली बलियो भएको सचिवालयमा दर्ता भएको प्रस्तावले देखाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्