काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्य व्यवस्थापन समितिको बैठकले केपी ओली नेतृत्वको सरकारले आज गरेको संसद विघटन संविधानको मर्म र भावना विपरित भएको निष्कर्ष निकालेको छ।
धुम्बाराहीस्थित पार्टी कार्यलयमा बसेको बैठकमा छलफलको मुख्य विषय नै मन्त्रिपरिषदले संसद विघटनपछि उत्पन्न राजनीतिक स्थिति रहेको पूर्व गृहमन्त्री तथा राप्रपाका प्रभावशाली नता वुद्धिमान तामाङले देखापढीलाई जानकारी दिए।
"आजको बैठकले प्रधानमन्त्रीले गरेको यो कदम असंवैधानिक रहेरको र यसो हुनुको मुख्य कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक कलह रहेको निष्कर्ष निकालेको छ," नेता तामाङले भने, "संविधानको संरक्षक हुनुपर्नेमा राष्ट्रपतिले आफ्नो दायित्व अलिकति पनि पूरा गरेको देखिँदैन। राष्ट्रपतिको यो भूमिकाप्रति राप्रपा एकदमै असन्तुष्ट छ।"
नेता तामाङले राष्ट्रपतिको यही गैरजिम्मेवारी पनकै कारण 'हामीले राजा चाहिन्छ भनेको' प्रष्ट पारे।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्य व्यवस्थापन समितिको बैठकले केपी ओली नेतृत्वको सरकारले आज गरेको संसद विघटन संविधानको मर्म र भावना विपरित भएको निष्कर्ष निकालेको छ।धुम्बाराहीस्थित पार्टी कार्यलयमा बसेको बैठकमा छलफलको मुख्य विषय नै मन्त्रिपरिषदले संसद विघटनपछि उत्पन्न राजनीतिक स्थिति रहेको पूर्व गृहमन्त्री तथा राप्रपाका प्रभावशाली नता वुद्धिमान तामाङले देखापढीलाई जानकारी दिए।

">