सांसदहरूसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विघटित प्रतिनिधिसभाका आफू निकट सांसदहरूसँग छलफल गर्दैछन्।

बिहान ९ बजे बालुवाटारमा छलफल तय गरिएकाे छ।

संसद् विघटन भइसकेपछि छलफलका लागि प्रधानमन्त्रीले उनीहरूलाई बाेलाएका हुन्।

छलफलमा राष्ट्रियसभा सदस्यहरूलाई पनि बाेलाइएकाे छ।

यता दाहाल-नेपाल पक्षले पनि आफू निकटका सांसदहरूसँग छलफल गर्दैछ।

प्रतिक्रिया दिनुहोस्