काठमाडौं। संसद्को विशेष अधिवेशन आह्वान गर्नका लागि संकलन गरिएको हस्ताक्षरलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले दुरुपयोग गरेको खुलेको छ।
विशेष अधिवेशनका लागि भनेर संकलन गरिएको हस्ताक्षर संघीय संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको रूपमा दर्ता भएपछि दुरुपयोगको सो रहस्य खुलेको हो।
नेकपाकी सांसद रामकुमारी झाक्रीले संसद सचिवालयमा दर्ता भएको हस्ताक्षर संसदको विशेष अधिवेशन आह्वानका लागि संकलन गरिएको जनाएकी छन्।
‘संसदको विशेष अधिवेशनका लागि हामीले हस्ताक्षर गरेका हौं, अविश्वासको प्रस्तावका लागि होइन,’ झाक्रीले एक टेलिभिजन कार्यक्रममा भनिन्, ‘अब ठूला नेताले उता (अविश्वासको प्रस्ताव) लगेर प्रयोग गरेछन्।’ उनका अनुसार सो हस्ताक्षर संकलनको प्रयोजन विशेष अधिवेसन बोलाउने थियो, अविश्वासको प्रस्ताव दर्ता गराउने थिएन।
त्यसो त हुम्लाका सांसद छक्कबहादुर लामाले पनि आफ्नो हस्ताक्षर दुरुपयोग गरेको जनाएका छन। ‘प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गराउने उद्देश्यले मैले हस्ताक्षर गरेको छैन,’ लामाले सञ्चारकर्मीसँग भनेका छन्।
त्यसो त नेकपाका अर्का सांसद शेरबहादुर तामाङले पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। ‘मैले अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेको होइन, संसदको विशेष अधिवेशन आह्वानका लागि हो,’ उनले भने ।
विशेष अधिवेशनका लागि भनेर संकलन गरिएको हस्ताक्षरलाई प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका रूपमा पेस गरिएपछि प्रचण्ड-नेपाल समूहभित्र आन्तरिक किचलो बढेको नेताहरूले जनाएका छन्।
" /> काठमाडौं। संसद्को विशेष अधिवेशन आह्वान गर्नका लागि संकलन गरिएको हस्ताक्षरलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले दुरुपयोग गरेको खुलेको छ।विशेष अधिवेशनका लागि भनेर संकलन गरिएको हस्ताक्षर संघीय संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको रूपमा दर्ता भएपछि दुरुपयोगको सो रहस्य खुलेको हो।

">