काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्री बनाउने भन्दै केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर भएका तीन सांसद वालुवाटार पुगेका छन्।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वालुवाटारमा बोलाएको गरेको भेलामा शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी र छक्कबहादुर लामा सहभागी भएका हुन्।
उक्त भेलामा ओली पक्षधर सांसदहरूको उपस्थिति थियो भने। भेलालाई सम्वोधन गर्दै ओलीले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउने भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्।
‘मेरै नेतृत्वमा निर्वाचन हुन्छ, निर्वाचनको तयारीमा लाग्नुहोस,’ प्रधानमन्त्री ओलीको निर्देशन थियो।
बादल आन्तरिक छलफलमा, रायमाझी गएनन्
नेकपा सचिवालय सदस्यसमेत रहेका रामबहादुर थापा बादल कुन कित्तामा लाग्ने भनेर निर्णय लिनका लागि पुल्चोक निवासमा छलफल गरिरहेका छन्।
ओलीनिकट भनिएका बादल वालुवाटार नगई पुल्चोकमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् भने ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका टोपबहादुर रायमाझी वालुवाटार नगएर मौन बसेका छन्।
" /> काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्री बनाउने भन्दै केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर भएका तीन सांसद वालुवाटार पुगेका छन्।नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वालुवाटारमा बोलाएको गरेको भेलामा शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी र छक्कबहादुर लामा सहभागी भएका हुन्।

">