काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको बताएका छन्।
वालुवाटारमा नेकपाका निवर्तमान सांसदहरुलाई बिशेष सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रवाट घेराबन्दी भएको र कामै गर्न नदिए पछि बाध्य भएर ताजा जनादेशका लागि जानु परेको बताएका हुन्।
‘प्रतिनिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु मेरो रहर थिएन, होइन, यो बाध्यताको उपज हो,’ ओलीले बैठकमा भने, ‘जनतासँग माफी मागौं, चुनावको तयारीमा लागौं, ढुक्क हुनुहोस चुनाव मेरै नेतृत्वमा हुन्छ।’
प्रधानमन्त्री ओलीले सरकारले गरेको राजनीतिक निर्णयलाई सर्वोच्च अदालतले पल्टाउन नसक्ने जिकिरसमेत गरेका छन। ‘संविधानको मातहतमै रहेर प्रतिनिधिसभा विघटन भएको हो, यसलाई सर्वोच्चले उल्टयाउन सक्दैन, त्यसैले चुनाव हुन्छ,’ ओलीको भनाइ थियो।
उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका भनिएका निवर्तमान सांसदहरु शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी र छक्कबहादुर लामा पनि सहभागी थिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको बताएका छन्।वालुवाटारमा नेकपाका निवर्तमान सांसदहरुलाई बिशेष सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रवाट घेराबन्दी भएको र कामै गर्न नदिए पछि बाध्य भएर ताजा जनादेशका लागि जानु परेको बताएका हुन्।

">