काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सांसदको हस्ताक्षरमा किर्ते र जालसाजी गरेको भन्ने विषय बालुवाटार बैठकमा उठेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका निवर्तमान सांसदसँग छलफलका लागि आयोजना गरेको बैठकमा सभामुख सापकोटाले सांसदहरूको हस्ताक्षर संकलनमाथि जालसाँझी र किर्ते गरेको बिषय उठेको हो।
‘सभामुखले संविधानविपरीत अविश्वासको विश्वासलाई दर्ता गराएको पाइएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सांसदहरुको हस्ताक्षरमाथि जालसाजी र किर्ते गरेको विषय बैठकमा उठेको छ ।’ उनका अनुसार राष्ट्रपतिसमक्ष बैठकको समावेदन पेश नगरी र संसद बैठक नचलेको अवस्थामा अविश्वासको प्रस्ताव दर्ता गराएर सभामुख सापकोटाले पदीय मर्यादाको उल्लंघन गरेको देखिएको छ।
त्यसो त नेकपाका ९० जनाको हस्ताक्षरसहित भावी प्रधानमन्त्रीको रुपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उभ्याउँदै ओलीमाथि अविश्वासको प्रस्ताव हिजो संघीय संसद सचिवालयमा दर्ता भएको थियो ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उक्त प्रस्ताव प्रतिनिधिसभा बिघटनको घोषणा भए पछि अपरान्ह ३:३० बजे दर्ता भएको जानकारी दिएका थिए। तर, बाहिर सार्वजनिक भएको पत्रमा भने १०:५८ मा दर्ता भएको उल्लेख गरे पछि सभामुखको सापकोटाको भूमिका विवादमा परेको थियो।
‘संसदमा अविश्वासको प्रस्ताव ३:३० बजे दर्ता भएको थियो, त्यसको हामी साक्षी नै हौं,’ पाण्डेले सञ्चारकर्मीसँग भनेका थिए, ‘सभामुखले उक्त समयमा नै तोक लगाउनु भएको हो।’ तर पछि, दबाबका कारण आफूलाई त्यसवारे ‘मिस ईन्फरमेशन’ भएको भन्दै १०:५८ मा दर्ता गराएको भन्दै सच्याउनुपरेको थियो।
" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सांसदको हस्ताक्षरमा किर्ते र जालसाजी गरेको भन्ने विषय बालुवाटार बैठकमा उठेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका निवर्तमान सांसदसँग छलफलका लागि आयोजना गरेको बैठकमा सभामुख सापकोटाले सांसदहरूको हस्ताक्षर संकलनमाथि जालसाँझी र किर्ते गरेको बिषय उठेको हो।

">