बानेश्वरमा प्रचण्ड-नेपाल समूहको भेला सुरु, बामदेव गएनन्

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित रहेको असन्तुष्ट समूहको भेला भेला बानेश्वरमा सुरु भएको छ।

भेला बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भइरहको सहभागी एक नेताले बताए।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हिजो प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष प्रचण्डले आज बैठक बोलाएका हुन्। बैठकमा प्रचण्ड-नेपाल नेतृत्वको असन्तुष्ट समूहका सांसदहरु सहभागी छन्।

आजै विहान प्रधानमन्त्री ओलीले आफू निकट सांसदहरुलाई बालुवाटार बोलाई ब्रिफिङ गरेका थिए।

बानेश्वर बैठकमा प्रचण्ड-नेपालल निकट सांसदहरुलाई पछिल्लो घटनाक्रमबारे प्रष्ट पार्ने बताइएको छ। बैठकमा नेकपा सचिवालय सदस्य बामदेव गौतम भने नगएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्