काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बालुवाटार सांसद बैठकमा विघटित प्रतिनिधिसभामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९२ जना सांसद सहभागी भएका छन्। नेकपाका जम्मा १७५ जना निवर्तमान सांसदमध्ये ९२ जना उक्त भेलामा सहभागी भएका हुन्।
प्रतिनिधिसभा विघटन भएको भोलिपल्ट बालुवाटारमा बोलाइएको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्दै ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ४ जनाको पनि उपस्थिति रहेको छ।
“आजको बैठकमा हालै विघटित प्रतिनिधिसभाका ९२ जनाको उपस्थिति भएको छ, जसमध्ये ४ जना झुक्काएर अविश्वासको प्रस्ताव दर्ता गराइएका सांसद पनि आउनुभएको थियो,” प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले भने, “अन्य केही सांसदहरू गृह जिल्लामा रहेको खबर गर्दै बालुवाटार नआउने जानकारी गराउनुभएको छ।”
उनका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचनमा जानका लागि उपस्थित निवर्तमान सांसदहरूलाई निर्देशन दिएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन हस्ताक्षर गरेका ४ निवर्तमान सांसद पनि बैठकमा उपस्थित भएका छन्। यसरी ‘झुक्काएर’ अविश्वासको प्रस्तावमा हस्ताक्षर गराइएका सांसदहरू छक्कबहादुर लामा, शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी र बिमला बिक आज बालुवाटार भेलामा उपस्थित भएको जनाइएको छ।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बालुवाटार सांसद बैठकमा विघटित प्रतिनिधिसभामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९२ जना सांसद सहभागी भएका छन्। नेकपाका जम्मा १७५ जना निवर्तमान सांसदमध्ये ९२ जना उक्त भेलामा सहभागी भएका हुन्।प्रतिनिधिसभा विघटन भएको भोलिपल्ट बालुवाटारमा बोलाइएको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्दै ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ४ जनाको पनि उपस्थिति रहेको छ।

">