कांग्रेस आफ्नै तागतमा जनताको बीचमा जान्छ, निर्वाचन देखि भाग्दैन- नेका नेता सुरेन्द्रराज पाण्डे <p>काठमाडौं। नेपाली कांग्रेस (नेका)का नेता सुरेन्द्रराज पाण्डेले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन्। सरकारले प्रतिनिधसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।</p> <p>&ldquo;नेपाली कांग्रेस आफ्नै तागतमा जनताको बीचमा जान्छ, निर्वाचन देखि भाग्दैन,&rdquo; पाण्डेले ट्वीटर मार्फत भनेका छन्।&nbsp;</p> <p>नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जनताले दिएको बहुमतको अपमान र संसद भङ्ग गराएको दण्ड आगामी दिनमा जनताले दिने समेत उनले दाबी गरेका छन्।</p> <p>&ldquo;प्रधानमन्त्रीको कदम असंवैधानिक भए पनि यो अवस्था आउनुमा सिङ्गो पार्टी जिम्मेवार छ। प्रचण्ड वा माधव वा केपीसँग कांग्रेस सति जाँदैन,&rdquo; उनले भनेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्