प्रतिनिधिसभा विघटनको निर्णयविरुद्धको रिटमा ८ गते सुनुवाई
<p>काठमाडौं। प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटमाथि सुनुवाईको मिति तोकिएको छ।</p>
<p>सर्वोच्च अदालत स्रोतका अनुसार प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयविरूद्धका रिटमाथि पर्सी पुस ८ गते सुनुवाई हुने भएको छ।</p>
<p>प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नै दलका अर्का अध्यक्ष पुश्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा अविश्वासको प्रस्ताब पेश गर्ने तयारी भएपछि मन्त्रिपरिषदले हिजो बिहान प्रतिनिधिसभा विघटन गरी वैशाखमा मध्यावधी चुनावका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। </p>
<p>राष्ट्रपति विध्यादेवी भण्डारीले हिजै मन्त्रिपरिषदको सिफारिस सदर गरेपछि वैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव हुने पक्का भएको थियो। </p>
प्रतिक्रिया दिनुहोस्