नेकपाका केही नेताहरुको जनअपेक्षा विपरीतका गतिविधिका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रधानमन्त्रीको स्पष्टोक्ति
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका केही नेताहरुको विकृत गतिविधिका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।
“सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिक जस्तो देखिएता पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेकपाका केही नेताहरुका असङ्गत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरुद्वारा सिर्जना भएको हो,” आज जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।
सम्बोधनका क्रममा उनले २०७४ असोज १७ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी-केन्द्र) बीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने उद्घोष गरिएको स्मरण गरे।
“त्यो निर्णय आम निर्वाचनमार्फत् आम जनताद्वारा स्पष्ट रुपमा अनुमोदन भएको थियो। तर निर्वाचनपश्चात् राष्ट्रिय राजनीतिलाई जनअपेक्षा अनुरुप अगाडि बढ्न नदिने विभिन्न विसङ्गत गतिविधि सुरु भए,” प्रधानमन्त्रीले गुनासो गरे।
सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छरेको र प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बँचाउन माझी गुहारेको उनले बताए।
“सरकार संविधानको कार्यान्वयनका लागि नयाँ कानुन निर्माण, सङ्घीयताको कार्यान्वयन र मुलुकको सामाजिक-आर्थिक रुपान्तरणमा केन्द्रित थियो। तर कतिपय साथीहरुका आँखा निरन्तर पद, प्रतिष्ठा र पद-सोपानमा मात्रै केन्द्रित भए,” उनले भने।
आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा पूरा गर्ने गरी नीति निर्माण, राज्य सञ्चालन र जनपरिचालनमा केन्द्रित हुनु पर्ने नेकपालाई केही नेताहरुले आफ्ना असन्तुष्टि, कुण्ठा र आत्मकेन्द्रित सोचहरुको बन्धक बनाउने र निष्प्रभावी तुल्याउने प्रयाश गरेको आरोप प्रधानमन्त्री ओलीले लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्