‘नाकाबन्दी ताका जसले सरकार ढाल्यो, अहिले पनि त्यही पात्र सक्रिय छ’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भुमि समेटेर नयाँ नक्सा जारी गरे पछि आफूविरुद्ध घेराबन्दी सुरु भएको बताएका छन्।

आज अपरान्ह देशवासीको नाममा सम्वोधन गर्दै संविधान जारी गर्ने बेला गरिएको नाकाबन्दीको विरोध गर्दा सरकार ढालिएजस्तै अवस्था अहिले देखा परेको बताए।

‘सरकारविरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो र ?’ भन्ने प्रश्न गर्दै प्रधानमत्री ओलीले सरकारले यस बीचमा राष्ट्रियतालाई सुदृढ गर्ने सन्दर्भमा ऐतिहासिक कामहरु गरेको उल्लेख गरे।

“नेपालको वास्तविक भूभाग समेटेको नयाँ नक्सा प्रकाशन गरिएको छ। तदनुरुप सर्वसम्मतिका आधारमा संविधान संशोधन गरिएको छ। समस्या समाधानका लागि मित्र राष्ट्र भारतसँग वार्ताको तयारी भइरहेको छ,” ओलीले सम्वोधनमा भने, “चीनसँग पारवहन यातायात प्रोटोकलमा हस्ताक्षर भएको छ।  नेपालको अन्तर्राष्ट्रिय छवि, भूमिका र आकर्षण बढेको छ।”

प्रधानमन्त्री ओलीले छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय स्तरमा सबन्ध विकास गरेको अवस्थामा त्यसबाट बेखुसहरुले आफ्नो सरकारमाथी आक्रमण सुरु गरेको आरोप लगाए।

“यसलाई सुदृढ गर्न सबैले सहयोग गर्नु पर्ने बेलामा सरकारलाई असहयोग र असफल पार्न भइरहेका यी गतिविधिका पछाडि गंभीर षडयन्त्र लुकेको स्पष्ट छैन र ?,” प्रधानमन्त्री ओलीले प्रश्न गरे।

“नाकाबन्दीको साहसका साथ सामना गर्दै त्यसलाई अन्त्य गरे बापत, नेपालको पारवहन सुविधा विस्तार गरेर फेरि कहिल्यै नाकाबन्दी नहुने कुराको सुनिश्चित गरे बापत् त्यतिबेलाको सरकारलाई यसै गरी षडयन्त्रपूर्ण ढंगले अपदस्थ गरिएको थियो,” ओलीले स्मरण गरे, “परिस्थिति र समय-सन्दर्भ फरक भए पनि पात्रहरु उनै हुनुुहुन्थ्यो।”

नाकाबन्दीको सामना गरिरहेको ओली सरकारलाई गठबन्धनका मुख्य सहयोगी तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ छाडे पछि त्यतिबेला सरकार विघटन भएको थियो। ओली नेतृत्वको सरकार विघटन भएपछि प्रचण्डले काग्रेससँग गठबन्धन गरेर आफ्नो नेतृत्वमासरकार निमार्ण गरेका थिए।

प्रचण्डको नाम उल्लेख नगरी उनले मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्। “के यसले हाम्रा कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतामा फसाउने योजनामा सहभागी भएको स्पष्ट रुपमै देखिनु हुन्न र ?” ओलीले प्रचण्डप्रति लक्षित प्रश्न गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्