प्रचण्ड-नेपाल समुहको जोडः प्रतिनिधिसभाको नियमित काम सुचारु गर्नु पर्छ
<p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद बैठक सुचारु गर्नु पर्नेमा जोड गरेको छ।</p>
<p>संघीय संसद भवन, वानेश्वरमा बसेको प्रचण्डको नेतृत्वमा वरिष्ठ नेता नेपालसिहत रहेको नेकपाको असन्तुष्ट समूहमा रहेका विघटित प्रतिनिधिसभाका सदस्यहरुको भेलाले यस्तो निर्णय गरेको हो।</p>
<p>'प्रतिनिधिसभाको नियमित काम अगाडी बढाउनु पर्छ' भन्ने निर्णय गरेको उपस्थित सांसदहरुले सञ्चारकर्मीलाई जानकारी दिए।</p>
<p>प्रचण्ड-नेपाल समूहले आफ्नै पार्टीको सरकारविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेपछि हिजो मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनमा जान राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति विध्यादेवी भण्डारीले हिजै मन्त्रिपरिषदको सिफारिस सदर गरेपछि वैशाख १७ र २७ गतेलाई मध्यावधी निर्वाचन तय भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्