प्रचण्ड-नेपाललाई निर्वाचनमार्फत लोकप्रियताको मापन गर्न ओलीको सुझाव
काडमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ गते हुने आम निर्वाचनले नेताहरुको लोकप्रियता मापन गर्ने अवसर दिएकाले प्रयोग गर्न आफ्नै दलका नेताहरुलाई सुझाव दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको नाम नलिइकन दुवै नेतालाई निर्वाचनमार्फत लोकप्रियता नाप्न सत्ताधारी दलका प्रथम अध्यक्ष ओलीले सुझाव दिएका हुन्।

“कतिपय नेताले केपी ओलीका कारण मत आएको होइन भनिरहेका छन्। त्यसैले आम निर्वाचनले लोकप्रियताको मापन गर्ने अवसर दिएको छ। साथीहरुलाई आम निर्वाचनमा भाग लिएर लोकप्रियता मापन गर्न अनुरोध गर्दछु,” ओलीले प्रचण्ड, नेपाललगायत पार्टीका असन्तुष्ट नेताहरुलाई सुझाव दिए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आफ्नो लोकप्रियता मापन गर्नु पर्ने प्रधानमन्त्री ओलीले बताए। “प्रमुख प्रतिपक्षी दललाई पनि निर्वाचनको अवसर सदुपयोग गर्न आग्रह गर्दछु,” ओलीले भने, “निर्वाचन भन्दा लोकतन्त्रको मापन गर्ने उत्तम आधार अरु केही छैन। अरु दललाई पनि चुनावमा भाग लिन सुझाव दिन्छु।”

ओलीले निर्वाचनलाई उत्सवका रुपमा मनाउन युवा पुश्तालाई आह्वान गरेका छन्। जनमतमार्फत प्रतिनिधिसभालाई वैद्यता दिनका लागि आफूले निर्वाचनको घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले प्रष्ट पारे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्