गुटका भेला सबै पार्टी फुटाउन गरिएका हुन् : वामदेव गौतम
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू अझै पार्टी एकताको पक्षमा भएको बताएका छन्। गौतमले आफू पार्टी फुटको साक्षी बस्न नसक्ने भन्दै कुनै गुटको भेलामा सहभागी नहुने बताए्का छन्।

“अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक र भेलामा भाग नलिने निर्णय गरेको छु,” बामदेवले सोमबार आफ्नो धारणा राखे, “म पार्टी एकताकै पक्षमा छु। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म पार्टी एकिकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु।”

प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएका थिए। प्रधानमन्त्री ओलीले वैशाखको तेस्रो साताका लागि मध्यावधी निर्वाचन घोषणा गरेका थिए। त्यसपछि सत्तरुढ दल नेकपामा ओली पक्ष र प्रचण्ड-माधव पक्षले छुट्टा छुट्दै भेला गर्दै आएका छन्।

प्रतिनिधिसभा विघटन नहुँदासम्म प्रचण्ड-माधव पक्षमा खुलेर प्रस्तुत हुने गरेका गौतम त्यसपछि तटस्थजस्तै देखिएका छन्। पछिल्लो समय उनी कुनै पनि समूहको बैठकमा सामेल भएका छैनन्।

“कमरेड केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस। ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्। म फुटको साक्षी बस्न सक्दिनँ। म यो पार्टी एकीकरण गराउने मध्येको एक नेता हुँ। त्यसैले अहिले पनि एकताको पक्षमा छु।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्