काठमाडौँ। नेपाली कांग्रेसले सानेपास्थित आफ्नो पार्टी कार्यालयमा बोलाएको सर्वदलीय बैठकले संसद विघटन गर्ने सरकारको कामलाई “असंवैधानिक र अलोकतान्त्रिक” बताएको छ।
बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले “संविधानमा हुँदै नभएको प्रावधान प्रयोग” गरेर प्रतिनिधि सभा विघटन गरिएकोमा सबै दल असन्तुष्ट रहेको जनाएका छन्। यसविरुद्ध सबै दल एकताबद्ध रूपमा अघि बढ्ने पनि बैठकको निर्णय रहेको श्रेष्ठले जनाएका छन्।
“प्रतिनिधिसभा विघटनको कार्य असंवैधानिक र अलोकतान्त्रिक हो र यसले संविधानमाथि आक्रमण भएको भन्ने साझा धारणा बैठकले जाहेर गरेको छ,” श्रेष्ठले भने। भोलि नेपाली कांग्रेस, नेकपा र जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक बस्ने र त्यसको निर्णयअनुसार अघि बढ्ने सहमति भएको पनि श्रेष्ठले जनाएका छन्।
नेपाली कांग्रेसले बोलाएको उक्त बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशाङ्क कोइरालालगायत डा. मीनेन्द्र रिजाल, रमेश लेखकको उपस्थिति रहेको थियो। बैठकबारे बोल्दै कांग्रेसका रमेश लेखकले तीनवटै दलले प्रतिनिधि सभा विघटनको विरोध गरेको र यसबारे साझा धारणासहित अघि बढ्ने जनाएका छन्।
त्यस्तै, नेकपाका ओलीइतर समूहबाट पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाललगायत तथा जसपाका अध्यक्ष महन्थ ठाकुर, शरद्सिंह भण्डारी र जितेन्द्र सोनाललगायतको उपस्थिति रहेको थियो।
" />काठमाडौँ। नेपाली कांग्रेसले सानेपास्थित आफ्नो पार्टी कार्यालयमा बोलाएको सर्वदलीय बैठकले संसद विघटन गर्ने सरकारको कामलाई “असंवैधानिक र अलोकतान्त्रिक” बताएको छ।

">