काठमाडौँ। निर्वाचन आयोगले आजबाट मतदाता नामावली सङ्कलनको कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने जनाएको छ।
आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अधिकृत दीपक पौडेलद्वारा आज जारी एक पत्रअनुसार हाल जिल्ला निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्य स्थगन गर्ने आयोगले निर्णय गरेको हो।
प्रतिनिधि सभा विघटन भएपछि आगामी २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणको र वैशाख २७ गते सोमबार दोस्रो चरणको निर्वाचन हुने भएकोले यस्तो निर्णय गरिएको आयोगले जनाएको छ। मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) बमोजिम प्रावधानका आधारमा सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको हो।
" /> काठमाडौँ। निर्वाचन आयोगले आजबाट मतदाता नामावली सङ्कलनको कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने जनाएको छ।आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अधिकृत दीपक पौडेलद्वारा आज जारी एक पत्रअनुसार हाल जिल्ला निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्य स्थगन गर्ने आयोगले निर्णय गरेको हो।

">