प्रवासी नेपाली एकता मञ्चद्वारा निर्वाचनको स्वागत, भन्यो- यस परिस्थितिको जिम्मेवारी प्रचण्ड-नेपालसहितले लिनुपर्छ
काठमाडौं। प्रवासी नेपाली एकता मञ्चले प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोषणा भएको निर्वाचनको स्वागत गरेको छ।
मञ्चले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी हुन आमनेपाली समुदायलाई अपिल गरेको छ।
“हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान २०७८ वैशाख १७ र २७ गते अर्को प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको घोषणा गरेको कुरा स्वागतयोग्य छ,” मञ्चले विज्ञप्तिमा भनेको छ।
“यस विषम् परिस्थितिको जिम्मेवारी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालयका वरिष्ठ नेता माधवकुमार नेपाल सहितले लिनुपर्छ,” मञ्चले भनेको छ।
वर्तमान प्रतिनिधि सभाको केही वर्षको अवधि बाँकी छँदै आमनिर्वाचनमा जाने अवस्था बन्नुलाई मञ्चले दुःखद भनेको छ।
मञ्चको विज्ञप्तिमा भनिएको छ, “तथापि, यस विषम परिस्थितिको एक मात्र उपयुक्त विकल्प जनताको ताजा जनादेश लिनु नै हो। जनताले गर्ने फैसलाबाट नै देश अघि बढ्नुपर्छ।”
विज्ञप्ति ३३ देशका रहेका प्रतिनिधिले संयुक्तरूपमा जारी गरेका हुन्। विज्ञप्ति जारी गर्नेमा २२ देशमा रहेका मञ्चको अध्यक्ष र ११ देशका मञ्चका सचिव रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्