प्रचण्डले पार्टी फुटाउने काम गरे : रायमाझी
<p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी विभाजन गराएको आरोप लगाएका छन्।</p>
<p>वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै रायमाझीले आफ्नै सरकार गिराउन भूमिका खेलेर प्रचण्डले पार्टी विभाजन गराएको आरोप लगाएका छन्।</p>
<p>‘सरकारलाई घेराबन्दीमा पारेर, आफनै सरकार ढाल्ने योजना बनाएर प्रचण्डले अनैतिक काम गरे,’ पहिलो वक्ताको रुपमा रायमाझीले भने, ‘प्रचण्डले पार्टी बिभाजन गराए पछि अनैतिक मान्छेसँग बस्नु हुदैँन भनेर मैले प्रचण्डको साथ छाडेको हुँ।’ </p>
<p>‌ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठक जारी छ ।</p>
प्रतिक्रिया दिनुहोस्