काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको कार्यसूचीको चौथो नम्बरमा अनुशासनको कारबाहीसम्बन्धी प्रस्ताव राखिएको छ।
पाँचौंँ नम्बर चाहिँ रिक्त पदमा नेतृत्वको प्रस्ताव छ। हाल यिनै प्रस्तावहरूमाथि प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीका लागि उक्त समूहले अनुशासनको कारबाही गर्न प्रस्ताव गरेको हो। ओलीलाई कारबाही गरी नेकपाको अध्यक्ष पदबाट हटाएपछि रिक्त रहेको पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गर्ने उक्त समूहको तयारी छ।
यसअघि आइतबार नै सोही समूहले संसद् विघटन गरेको भन्दै प्रधानमन्त्रीसमेत रहका अध्यक्ष ओलीमाथि अनुसशासनको कारबाही गर्ने निर्णय गरेको थियो।
हाल जारी उक्त समूहको केन्द्रीय कमिटी बैठकले निर्णयलाई अनुमोदन गर्ने भएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको कार्यसूचीको चौथो नम्बरमा अनुशासनको कारबाहीसम्बन्धी प्रस्ताव राखिएको छ।पाँचौंँ नम्बर चाहिँ रिक्त पदमा नेतृत्वको प्रस्ताव छ। हाल यिनै प्रस्तावहरूमाथि प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ।

">