देखापढी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसकेका छन् र अध्यक्ष दाहाल अहिलले बोल्दै छन्।
बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित भएका छैनन्। प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका थिए। यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका थिए।
.रासस