काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता आफू नै भएको दावी गरेका छन्।
उनले आफू कुनै व्यक्ति र गुट नभई नेकपाको प्रवक्ता भएको बताएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीपक्षको आज बिहान बसेको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई हटाउँदै प्रवक्ताको जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई दिएको थियो। तर प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएपछि बोल्दै उनले आफू नै प्रवक्ता भएको दावी गरेका हुन्।
उनका अनुसार बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट हटाउँदै रिक्त पदमा माधवकुमार नेपाललाई मनोनित गर्ने निर्णय गरेको हो। पार्टी स्थायी कमिटी सदस्यमा पूर्वसभामुख कृष्णबहादुर महरालाई बैठकले मनोनित गरेको छ।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता आफू नै भएको दावी गरेका छन्।उनले आफू कुनै व्यक्ति र गुट नभई नेकपाको प्रवक्ता भएको बताएका हुन्।

">