काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कमिटिको बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासका लागि सरकारले गरेका प्रयासहरूमा आफ्नै दलका केही नेता बाधक बनेको आरोप लगाए। आफूले पार्टीलाई एकजुट बनाउन निरन्तर प्रयास जारी राखे पनि कार्यकारी प्रचण्ड तथा उनले नेतृत्व गरेको वरिष्ठ नेता माधवकुमार नेपालसहितको असन्तुष्ट समूहका नेताहरूले नमानेको प्रधानमन्त्री ओलीको गुनासो थियो। 

“मैले अस्तिको दिन प्रचण्डजीलाई भनेँ, हामीले मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ की   ? निर्वाचनमा हामी एकजुट भएर जानुपर्‍यो भनेर भनेँ,” प्रधानमन्त्री ओलीले गुनासो पोख्दै भने, “तर उहाँहरू मान्नुभएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन।”

झण्डै दुई तिहाई नजिकको बहुमतका साथ संसदमा प्रतिनिधित्व गर्ने दलभित्रको आन्तरिक विवादका कारण आइतबार मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिलाई गरेको थियो। राष्ट्रपतिव्राट मन्त्रिपरिषद्को सिफारिस सदर भएर वैशाखमा मध्यावधी चुनाव हुने पक्का भएपछि नेकपाको असन्तुष्ट पक्ष विरोधमा छ। यसैबीच आज प्रथम अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय कमिटिको बैठक बोलाएका थिए। त्यसको काउन्टर स्वरुप असन्तुष्ट पक्षले पनि असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।

औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ।

पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमा:

हामी एउटा नयाँ पार्टीतर्फ अगाडि बढ्दैछौं। अहिलेसम्म विधिवत रूपमा पार्टी विभाजित छैन। हामी पार्टी विभाजन गर्न पनि चाहदैनौं। निर्वाचनको घोषणा, निर्वाचन, हुँदा पार्टी फुट्छ ? फुट्नुपर्छ र पार्टी निर्वाचन हुँदा ? झन् एकजुट भएर अगाडि बढ्नुपर्दैन ?

मैले अस्तीका दिन प्रचण्डजीलाई भने, ‘हामीले केही मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ कि  ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो। हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा जानुपर्‍यो। आपसी अन्तरविरोधहरू टुंगाउनुपर्‍यो। अब एकजुट भएर हामी निर्वाचनका काममा अगाडि बढौं। प्रधानमन्त्री नै बन्नु छ भने पनि चुनावबाट बन्ने होला नि त  ? म प्रधानमन्त्री चुनावबाट बनेको हुँ। यसले हामीलाई एकठाउँमा पुर्याउँछ।’

अरू पार्टी पनि एकजुट हुँदैछन्, चुनावको सामना गर्नका लागि। हामी ? उहाँहरू त मान्नुभएन, उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा। कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू यस धर्तीमा, यस धर्तीको भूमीमा, यस धर्तिको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपुर्ती गर्न उहाँहरू चलिरहनुभएको छैन। 

तपाईहरूलाई थाहा छ। ममाथि हमला कतिकतीव्रेला हुन्छ  ? तपाईहरूलाई थाहा छ। मेरो आफ्नै जीवनमा, मेरो आफ्नै अनुभवका हिसाबले भन्ने हो भने जब देशमा निरंकुश राजतन्त्र थियो, तानासाही पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन सुरु गर्यौं। हमला भयो। 

मैले आफै व्यक्तिगत तवरमा पनि के झेल्नुपरेको छ भन्ने मैले अलिकति सु्नाउन खोजेको। त्यसबेला हामीले आक्रमण सहनुपर्‍यो, मैले पनि आक्रमण सहनुपर्‍यो। मैले जेलमा पनि बस्नुपर्‍यो, अरू साथीले पनि बस्नुपरयो। हामीमाथि हमला कतीव्रेला भयो भने, जतीव्रेला हामीले जनताका लागि, देशका लागि, एउटा निर्णायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं, त्यसबेला हमला भयो। 

त्यसपछिका दिनहरू पनि म थुप्रै सम्झन्छु। तर पछिल्लो समयको मात्र कुरा गरौं। म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध। हामीले संविधान जारी गर्यौं। संविधान जारी गरेबापत हमला भयो। नाकाबन्दी हामीमाथि लगाइयो। नाकाबन्दीका विरुद्ध हामीले डटेर सामना गर्यौं। त्यसबेला आलोचना र विरोध हाम्राविरुद्ध केन्द्रित गरियो। देश बर्बाद् गराउने भयो, नसक्ने ठाउँमा सिङ जुधाउन पुग्यो, छिमेकीहरूसँग सम्बन्ध बिगार्‍यो। हामीले सम्बन्ध बिगारेको थिएन। हामी त नाकाबन्दी भोगिरहेका थियौं र त्यसको विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं। 

तर पनि हाम्रो राष्ट्रको स्वाभिमान सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने मान्छेहरू थिए, शक्तिहरू थिए। हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दूरवुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठेरोमा पर्ने स्थिति भयो। अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढङ्गले बोलेर अभियान चाल्नुभयो। हामी एउटा देशबाट घेरिएका थियौं। चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु भएन। तीव्र भयो हमला। 

चीनतिरबाट पारवहन र यातायात सम्बन्धि सन्धी भएपछि, हामीले त्यता तिरका विभिन्न नाका खोलेपछि, विभिन्न बाटाहरू बनाएपछि, चीनसँग जोडने बाटा बनाइयो भनेर हामीमाथि हमला भयो। हाम्रा दूर्गम ठाउँहरू चीनसँग जोडिएका छन्, सिमाना जोडिएका छन्। ती दूर्गममा ठाउँमा बाटो नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं। त्यसकारण हामीले चिनसँग सम्बन्ध जोड्नैपथ्र्‍यो। बाटाहरूले जोडनैपथ्र्‍यो। हवाई जोडनैपथ्र्‍यो।

कनेक्टिभिटीका अनेक– ट्रान्स हिमालयन कनेक्टिभिटीका, हिमाल–पहाड सम्बन्ध, आवागमन, हवाई या दूरसञ्चार वा अरू वा रेलमार्ग अरू बाटा विभिन्न माध्यमबाट हामीले खोल्यौं। त्यसो भएपछि हाम्रा विरुद्ध यति तीव्र्र हमला भयो की, त्यो सरकार ढलाई छोडे। म कमरेडहरूलाई प्रश्न गर्न चाहन्छु, देशका लागि त्यति दृडताका साथ, त्यति स्पष्ट दृष्टिकोणका साथ, केही हुँदैन क्यारे यो देशमा भन्ने ठाउँमा जनताका सपनाहरू, ओइलाएका सपनाहरू जगाएर, विकासको एउटा लहर चलाएर, राष्ट्रिय भावना जगाएर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाएर देशलाई एक लय र एक तालमा समृद्धिको बाटोमा अगाढि बढाउने त्यो सरकार, त्यति उपलब्धिसाथ अगाडि बढेको सरकार गिराउनेमा हाम्रै पार्टीका नेताहरू भएका र अविश्वासको प्रस्तावमाथि बोल्दा अविश्वासको प्रस्तावको आफ्नै पार्टीका नेताहरूले समर्थत गरे त्यसबेला। त्यो कुरा पनि मलाई सम्झना छ। हाम्रै सांसदहरूको शिर निउरिएको थियो त्यो बेला, त्यो थाहा छ। 

अब एउटा परिस्थिती अहिले फेरी यहाँ आयो। हामीले हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर नक्सा छाप्यौं। हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर, हामीले अरूको भूभाग सामेल गरेको होइन। हाम्रो भूभाग सामेल गरेर नक्सा छाप्छौं र त्यो नक्सालाई नक्सामात्र छापेर त्यो कुनै पोस्टर होइन। हामीले छापेको राष्ट्रको सार्वभौम सत्ता र भूगोल हो। सार्वभौम सत्ता सम्पन्न हाम्रो भूगोल हो। त्यो भूगोल नक्साबाट समेत बाहिर पारिएको थियो। सुगौलीको सन्धीपछि हामीले १४६ वर्षसम्म भोगचलन गरेको जमिन ५८ वर्षअगाडि कालापानीमा भारतीय फौज बस्यो र त्यसभन्दा उताको लिपुलेख र लिम्पियाधुरा बाटामा फौज बसेर ब्लक गरेपछि उतैको जस्तो गरेर हट्यो। 

त्यसपछि यो संविधान संशोधन गरियो। सर्वसम्मतीले गरियो। संविधान बनाउदा पनि सर्वसम्मती भएको थिएन। कुनै पनि कुरामा संविधानको मामिलामा राष्ट्रिय सहमति अथवा राष्ट्रिय सर्वसम्मति अहिलेसम्म भएको थिएन। तर हामीले संविधानको प्रश्नमा राष्ट्रलाई एक ठाउँमा उभ्यायौं। कतिको छातीमा ह्वारह्वार आगो बल्यो। किन बलेको हो  ? थाहा छैन।

एउटा समूह पृथकतावादी राजनीति लिएर हिडिरहेको थियो। त्यस समूहलाई हामीले संविधानसम्मत, संवैधानिक राजनीति, शान्तिपूर्ण राजनीतिको मूलधारमा, राष्ट्रिय एकताको मूलधारमा ल्याउने काममा सफलता प्राप्त गर्यौं। त्यो बेला पनि हामीले विरोधको सामना गर्नुपर्‍यो। यो के षणयन्त्र हो  ? त्यस्ताहरूलाई किन मञ्च दिइयो ? आदि इत्याादि। एउटा पृथकतावादी राजनीतिको अन्त्य भएर राष्ट्रिय मूलधारको राजनीति जब अगाडि बढ्दैछ भने त्यसमा मन पोल्नुपर्ने कारण के   ? कलेजो जल्नुपर्ने कारण के   ? तर केही मान्छेहरूको जल्यो। त्यहाँ राष्ट्रवाद देखे, पृथकतावादको अन्त्य हुँदा राष्ट्रवादको नारा लगाएर रुवाबासी गरे केही मान्छेहरू। हामी देख्न सक्छौं यसभित्र के होला   ? हामी बुझ्न सक्छौं, यसभित्र के होला   ? यतिबेला त्यसैकारण हाम्रा विरुद्ध तीव्र्र हमला भइरहेछ। 

हाम्रा एकजना पार्टीका वरिष्ठ नेताले टेलिभिजनमै भनेको सुनियो। तपाई एकताको विपक्षमा हुनुहुन्थ्यो नि भनेर सोध्दा, ‘होइन–होइन, भ्रम नगर्नुहोस् म एकताको विरुद्धमा थिइँन। यो एकता गरेपछि नै एकता गरेको समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ भनेर एकताको पक्षमा थिएँ। एकताको एकदम पक्षमा थिएँ। किनभने त्योसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ।’ 

अथवा एकता उहाँलाई चाहिएको किन रहेछ   ? कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन होइन, उहाँहरू अहिले सफल हुनु भएको छ। उहाँहरू जानु भएको छ, आज म सुन्दैछु केपी ओलीलाई निकाल्नु हुन्छ रे। उहाँहरूले भन्दा दश वर्ष अगाडि मैले पार्टी सदस्यता कम्तिमा लिएको होला। एउटा आन्दोलन सुरु गरेर, जति बेला आन्दोलन चुत्रा चुत्रा– धुजा–धुजामा थियो, यस अवस्थामा एकता एकिकरणको एउटा अभियान थालेर आएको मलाई आज फेरि यो पार्टीमा ताज्जुप के भने प्रचण्डले निकाल्दिने रे पार्टीबाट।

पार्टीबाट प्रचण्डले निकाल्ने रे। म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरूमा अल्झिँदैनौं। प्रचण्डले पार्टीबाट निकाल्छन् कि, कहाँ कहाँ बाट निकाल्छन् कि, उनका घरबाट निकाल्छन् कि, अन्त कहाँ कहाँबाट निकाल्छन्। त्यो उनको कुरा हो।

हामी एउटा आन्दोलमा छौं। हामी हाम्रा महान् उद्देश्यहरूमा छौं। हामीले हाम्रा महान् उद्देश्यहरू तोकेका छौं। हामी समाजवादमा पुग्न चाहन्छौं। अहिले त्यसकारण समाजवाद उन्मुख छ।

समाजवाद उन्मुख भएको लोककल्याणकारी राज्यको अवधारणअनुसार काम गर्दै सामाजिक न्याय र समानताको अभिवृद्धि गर्दै सुशासन विकासको बाटोमा अगाडि बढेर हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्छ्या पूरा गर्ने हाम्रो उद्देश्य, त्यो हो।

हामी त्यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं। त्यस उद्देश्यका निम्ति हामी एउटा वास्तवमै सशक्त आन्दोलन निर्माणमा छौं। त्यो आन्दोलन निर्माण गर्न, सञ्चालन गर्न त्यसलाई ठीक ढङ्गले अगाडि बढाउनका लागि हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ।  त्यो सशक्त पार्टी एकताबद्ध हुनुपर्दछ। अघि मैले भनेका सही विचारहरू– माक्र्सवादी दर्शन, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र हामीले लिएको हाम्रो गन्तव्यतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्र त्यसका निम्तिका कार्यक्रम, योजना नीतिका साथ हामी अगाडि बढ्छौं।

त्यस्तो गर्नका लाागि त्यस्तो राष्ट्रिय आन्दोलन चलाउनका लागि हामीलाई सशक्त मजबुत एकताबद्ध गतिशील पार्टी चाहिन्छ।

त्यस्तो पार्टी निर्माणको एउटा नयाँ चरणमा फेरि हामी प्रवेश गरेका छौं। कमरेडहरूलाई लाग्ला, केही साथीहरू त आएनन्।

यस्तो हुन्छ। हुुँदो रहेछ। हामीले नचाहेको कुरा हो, भरसक सबै साथीहरूलाई लिएर अगाडि बढौं भन्ने सोचेको हो। तर उहाँहरू प्रधानमन्त्री पनि बामपन्थी देख्नै नसक्ने, पहिले पनि तपाईहरूले देख्नु भएको छ, उहाँहरूको राजनीतिक दृष्टिकोण छैन, वर्गीय दृष्टिकोण छैन। आन्दोलनको दृष्टिकोण छैन। आफ्नो पद, आफ्नो लाभ, आफ्नो हित, त्यो कुरा मात्रै छ।

अघिल्लो पल्ट मैले नेतृत्व गरेको सरकार ढलाउनु किन पर्याे   ? उहाँहरूसँग जवाफ छ  ?
उहाँहरूसँग कुनै जवाफ हुन सक्दैन।

अहिले आएर उहाँहरू भन्नु हुन्छ, अघिल्लो सरकार लोकप्रिय थियो, लोकप्रिय भए ढालेको किन त  ? 

उहाँहरू नै हो ढाल्ने। अलिक पछि भन्नुहुन्छ, अहिलेको सरकार त लोकप्रिय थियो, त्यतिबेलाको चाही भएन। अलिक पछि।

मैले चुनाव अगाडि भनेको थिएँ, अब बामपन्थीको सरकार हामी बनाउँछौं। र अत्यधिक बहुमतको सरकार हामी बामपन्थीको बनाउँछौं। त्यो हामीले गर्‍यौं। अब कमरेडहरूलाई अलिकति चिन्ता लाग्ला। त्यो चिन्ता नलिन म आग्रह गर्छु।

पुराना पातहरू झर्ने, नयाँ पातहरू पलाउने यो क्रम भइरहन्छ। हामीले नचाहँदा पनि हुन्छ। पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरू। 

हामीले चाहेर के गर्ने   ? चाह्यौ हामीले अहिले पनि चाहिरहेका छौं। उहाँहरू जस्तो कसैलाई निकालेर, निष्कासन गरेर हामी कुदिराख्या छैनौं।

उहाँहरू यति उपध्रो गरिरहनु भएको छ। यति अन्तरघात गरिरहनु भएको छ। बामपन्थी आन्दोलनलाई, कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टी भित्रै बिग्रहको यस्तो खेति गरिरहनु भएको छ उहाँहरू। तर पनि हामी कसैलाई निकालिरहेका छैनौं।

आफैँ उहाँहरू किनारा लाग्दै हुनुहन्छ। त्रिशुलीमा तपाईहरूले हेर्नु भएको होला– केही केही चिजहरू नदिमा परे भने त्यो बिस्तारै बग्दै जाँदा किनारा–किनारा तिर लाग्दै जान्छन् र नदिका किनारमा फोहोरहरू किनारमा धकेलिदएको देख्नु भएको होला।

नदिले बग्ने क्रममा किनारमा फोहोर धकेल्दै जान्छ, फ्याँक्दै जान्छ, छोड्दै जान्छ र सफा हुँदै अगाडि बढ्छ।

भन्न त नहुने, नमिल्ने, तर नमिले पनि एउटा गीत सम्झिनु पर्‍यो जीवन शर्माको जस्तो लाग्छ–  पिलो निचोरिदैमा ओजन घटेको हुन्न।

पिलो निचोरिन्छ, त्यसको खील बाहिर जान्छ तर ओजन घट्या हुन्न, खील निस्किँदैमा। पार्टीमा तपाईहरू कल्पना गर्न सक्नुहुन्छ। एकता गरेपछि कमिटिहरूले काम गर्न पाए   ? तपाईहरूले काम गर्न पाउनु भयो   ? तपाईहरूले गतिसाथ अगाडि बढ्न पाउनु भयो   ? विभिन्न बाहानामा तपाईहरूलाई गाइभैसीलाई झैँ खुट्टै लगाउने काम भयो। 

काम गर्न नपाउने अवस्था भयो। जनताका बीचमा स्पष्ट राजनीति लिएर गतिशील डङ्गले जान नपाउने, संगठन एक ढिक्का भएर अगाडि बढ्न नपाउने, त्यसप्रकारको कुटनीति भयो।

हामीले एकदिन गर्व गर्‍यौं। तीन महिना भित्र एकिकरणका काम टुङ्ग्याउने निर्णय गरेका होइनौं   ? त्यो तीन महिना कहिले आउँछ   ? त्यता पट्टि कहिल्यै ध्यान गएन। दुई वर्षभित्र महाधिवेसन गर्ने भनियो, गएको जेठ ३ गतेभन्दा उतै महाधिवेस सम्पन्न भइसक्नु पर्ने। सम्भवत विधानको धारा १७ मा होला। दुई वर्ष भित्र महाधिवेसन सम्पन्न गरिसक्नुपर्छ। तर महाधिवेसन गर्नेतर्फ कुनै सोच छैन। कुनै चिन्ता छैन। कुनै तयारी छैन।

भूँइचालो जाँदा, हामीले कार्यकर्ता परिचालन गरेर, अरू पनि पार्टी हुँदा हुन्, त्यसबेलाको सरकारले पनि केही गर्न सकेन। तर, हामीले हाम्रो कार्यकर्ता पंक्ति परिचालन गरेर आफैं एक कप चिया पनि कसैको खान नपाउने गरी बडो अनुशासित ढङ्गले एक महिनाको अभियान चलायौं। २७ हजार २७६ अस्थायी टहराहरू निर्माण गरेर हामीले जनतालाई हस्तान्तरण गर्‍यौं।  

धेरै स्कूल भवनहरू निर्माण गरेर हस्तान्तरण गर्‍यौं। २२ हजार भग्नावशेषहरू सफा गर्ने काम गर्‍यौं। जनतालाई अपठ्यारो परेका बेला पार्टी त्यस्ता काम गर्न सक्छ। त्यस्ता राहतका काम गर्न सक्छ। तर, पार्टी  ? यस्तो कोरोना महामारीको बिगबिगी छ, पार्टी केही गर्न सक्दैन। केही गर्न सक्ने अवस्थामा कार्यकर्ता परिचालन गर्न सक्ने अवस्थामा पार्टी रहेन। 

विरोध मात्र गर्न सक्ने। सस्ता प्रचारबाजी मात्र गर्न सक्ने। टेलिभिजनमा गयो, सरकारलाई गाली गर्‍यो। पत्रपत्रिकामा गयो, सरकारलाई गाली गर्‍यो। रेडियो अन्तर्वार्ता दियो, सरकारलाई गाली गर्‍यो। यसैमा समय खर्चिने। हामीले त्यसको जवाफ दिन पनि पाएनौं। किनभने हामी अनुशासित छौं। हामीले अनुशासन, मर्यादा, सुसंस्कृति कायम गर्न खोजेका छौं। 

त्यसकारण, केही पनि गर्न नसक्ने अवस्थामा आयौं। पार्टी अगाडि बढ्न नसक्ने अवस्थामा, सधै रुमलिने अवस्था भयो। 

त्यसबाहेक महाअभियोग लगाउने, अविश्वासको प्रस्ताव लगाउने, केन्द्रीय कमिटिबाट अध्यक्ष निकाल्ने, अरू नेताहरू निकाल्ने। यो बाटोतिर पो खेती गरिरहेको हुन्छ। पार्टी एकिकरण टुङ्ग्याउने, एकिकरणको बाटोबाट अगाडि बढाउने होइन। एकिकरणको बाटो अगाडि बढ्ने होइन्, बरु उहाँहरू भत्काउने, कसैलाई निस्कासन गर्ने, कसैलाई कारवाही गर्ने, कुदेर राष्ट्रपति कहाँ पुग्ने, कुदेर सभामुख कहाँ पुग्ने, यहि प्रकारको खेल थियो। 

त्यसकारण हामीले निश्चित समयभित्र, लगभग ११ महिनाभित्र, हामीले अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं। हामीले चुनावमा पनि जानुछ। यसपछि अब हामी चुनावको तयारीमा जुट्छौं। अर्को, हामीले चुनावपछि अरू कामहरू बढी व्यवस्थित गर्नुछ। चुनाव अगाडि कमिटिहरूलाई व्यवस्थित गर्ने, विभागहरूलाई व्यवस्थित गर्ने, मातहतका कमिटिहरूलाई पुर्नगठन गर्ने, यावत कामहरू गर्नुपर्ने अवस्था छ। यी सबै काम गरेर हामी चुनावका लागि तयारी गर्छौ। 

चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ। र हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं। अब त्यसमा चार सिट थपेर १२० सिट जित्नुपर्ने छ। हाम्रो अभियान कुन हिसाबले सञ्चालन गर्न सक्छौं। हाम्रो सफलता त्यसमा निर्भर गर्छ। 

हामी एउटा आँधी तुफानको रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाएर जादैंछौं। आँधी तुफानको रूपमा हाँकेर जान्छौं। हामी राजनीतिमा सम्पूर्ण ढङ्गले सर्मपित भएर अगाडि बढ्छौं। हामी सही विचारको, सहि उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं। हामी एकताको बलको, एकताको सक्रियताको तागत देखाउँछौं। हाम्रो व्यापक पार्टी पंक्तिको परिचालन, त्यसको तागत हामी देखाउँछौं।

त्यसैगरी जनपरिचालन गर्छौ। त्यसको तागत हामी देखाउँछौं। देशभक्तिमा के तागत हुन्छ  ? राष्ट्रवादमा के तागत हुन्छ  ? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ  ? त्यो हामी देखाउँछौं। हाम्रो स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मुल गर्ने, हाम्रा इमान्दार उद्देश्यहरूको तागत र सुशासन, शान्ति कायम गर्ने नीति र व्यवहारको तागत के हुन्छ  ? त्यो हामी देखाउँछौं। 

र सर्वोपरी कुरा राजनीतिमा इमान्दारीताको कुरा झण्डै-झण्डै धेरै ठाउँमा पराजित हुन्छ। तर, हामी राजनीतिमा इमान्दारिताको तागत देखाउँछौं र राजनीतिलाई तदअनुसारनै सफल राजनीति, स्वच्छ राजनीति, इमानको राजनीति, देशभक्त राजनीति, लोकतान्त्रिक राजनीति, विधिको शासन भएको राजनीति, देश र जनताको हितमा केन्द्रीत भएको राजनीति अगाडि बढाउँछौं र सफल हुन्छौं। 
 
त्यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, एकताबद्ध, विचारमा स्पष्ट र गतिशिल पार्टी चाहिन्छ। किन केन्द्रीय कमिटिमा केही साथीहरूलाई थप गरेको छु  ? लामो समयदेखि यस आन्दोलनलाई एउटा टुक्रा टुक्रामा विभाजित भएको अवस्थाबाट एकता र एकीकरणको पार्टी निर्माणको एउटा अभियान, आन्दोलन सञ्चालन गर्दै आएर यहाँसम्म ल्याईपुर्‍याएको नेताको हैसियतमा र पार्टीको प्रथम अध्यक्षको हैसियतमा जनताले विश्वास गरेको प्रधानमन्त्री यहि पार्टीको अध्यक्ष किन बनाउनुपर्‍यो  ? त्यो अध्यक्षको हैसियतले जसमाथि जनताले विश्वास गरेर अभिभारा सुम्पिएका छन्। र त्यो अभिभारा असफल हुन दिनु भएको छैन। देशभक्ति मनमा नभएका, लोकतान्त्रिक चिन्तन र चरित्र नभएका, देश र जनताको बारेमा कहिल्यै नसोच्ने, आफू, आफ्नो परिवार, खासगरी तीन 'प'- पद, पैसा र परिवार को बारेमा मात्रै सोच्नेहरूको हातमा देश सुम्पिन सकिँदैन्। त्यसकारण विघटनमा जानुपर्‍यो।
 
अब यसपछिको परस्थितिको हामीले कसरी सामना गर्ने  ? त्यसैलाई निहुँ बनाएर, निहुँ त अगाडि देखि नै खोजिरहेकै थिए। त्यसलाई उनीहरूले झन् निहुँ बनाउँछन्। त्यो निहुँ बनाएर पार्टी विभाजन गर्न खोजिरहेका छन् र प्रयास गरिरहेका छन्। परामर्श नै नगरीकन अध्यक्ष निष्कासन गर्ने आदि इत्यादि गरिरहेका छन्। 

महाधिवेशन गर्नुपर्ने गरिराखेका छैनन्। त्यतापट्टि लागिराखेका छैनन्। यसर्थ कमिटिमा महाधिवेशन गर्न सक्नेगरी, आगामी अभिभाराहरू बहन गर्न सक्नेगरी कमिटि अलिकति थपेर बिस्तार गरेर एक ढङ्गले भन्ने हो भने पुर्नगठन गरेका छौं। केन्द्रीय कमिटि यसको बिस्तार हो। 

तपाईहरूले देखिहाल्नुभयो। केन्द्रीय कमिटिको बैठकमा सबैलाई बोलाइएको छ। तर, आउँदैंनन्। उतै बैठक बस्या छ। यो खालको अराजक स्थितिमा आन्दोलन जोगाउनका लागि को कतापट्टि बस्छ  ? छोडिदिउँ, हामी आन्दोलन जोगाउनका निमित्त मैले केन्द्रीय कमिटिमा सदस्य बिस्तार गरेको छु। 

मैले बुँदामा टिपेर ल्याएको छु। कमरेडहरूलाई पनि काम लाग्छ:

एउटा त, अहिलेका कमिटिहरू निर्वाचित होइनन्। यी कमिटिहरू मनोनित कमिटि हुन्। महाधिवेशनबाट निर्वाचित पनि होइनन्। कुनै कमिटि पनि निर्वाचित होइनन्। सबै मनोनित हुन्। 

यर्थातमा मौजुदा कमिटिहरू पनि यसै प्रक्रियाबाट जसरी हिजो मैले केन्द्रीय कमिटिमा मनोनित गरेँ। त्यस उद्देश्यका लागि मैले ४४१ जनाको केन्द्रीय कमिटि बनाएको। दुई जना आमन्त्रित केन्द्रीय सदस्य बनियो। चार जना पछि थपियो। 

४४१ केन्द्रीय सदस्य। दुई जना आमन्त्रित केन्द्रीय सदस्य। उहाँहरू पनि केन्द्रीय सदस्य नै हो। ४४३ जना भयो। चार जना पछि थपियो, ४४७ भयो। ४४७ जना जना पहिलाका केन्द्रीय सदस्य अनि ५५६ जना मैले हिजो मनोनयन गरेका केन्द्रीय सदस्य गरेर अहिले एक हजार तीन जनाको केन्द्रीय कमिटिको मौजुदा सदस्य अहिले १९६ जना खाली राखेर ११ सय ९९ जनाको कमिटि बनाइएको छ। यो कमिटि पछि हेरफेर हुन्छ।

अहिले हामी विशेष परिस्थिति, विशेष अभिभारा र विशेष अभियानमा भएकाले कमिटिलाई ठूलो पनि बनाउन पर्‍यो। र, एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन्। त्यस कुरालाई पनि ध्यानमा राख्नु पर्‍यो। विभाजन भएर छुटिट्एनन् भने त्यस स्थितीमा पनि हामीले अभियानलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नु पर्‍यो।

तसर्थ, ११ सय ९९ जनाको केन्द्रीय कमिटि हुनेछ। त्यसमा ४४७ पहिलेको र ५५६ हिजो २०७७ साल पुस ६ गतेको। मैले प्रथम अध्यक्षको हैसियतले आन्दोलनको वृहत्तर हितलाई ध्यानमा राखेर यस विशेष परिस्थितिलाई केन्द्रीय समितिमा मनोनयन गरेको ५५६ जना गरेर १००३ जना गरेर अहिले यतिबेला मौजुद छौं। पहिलेको कमिटिहरू पनि यसैगरी भएका थिए। र, पहिले पनि बनिसकेपछि आफैँ अनुमोदन गरिएको हो। अहिलेसम्म भएका कमिटिहरू संक्रमण कालिन कमिटिहरू हुन्।

अहिलेसम्म कमिटिहरूले एकीकरण काम पूरा गरेर दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने भनेर तोकिएको थियो। र, त्यो कुरा विधानमा पनि उल्लेख छ। जुन अभिभारा पूरा गर्न पहिलेको केन्द्रीय कमिटिबाट सम्भव देखिएन्।

त्यसकारण, पहिलेको कमिटिलाई गतिशिल र संगठित गर्न खोजेर एकताबद्ध बनाउन खोज्दा कुनै हिसाबले पनि सम्भव भएन् र म अध्यक्षको हिसाबले मेरो कर्तव्य हो। कुनै पनि हालतमा मैले पार्टीलाई असफल हुन दिनु हुँदैन। पार्टीलाई गतिहिन हुन दिनु हुँदैन। आन्दोलनलाई सिद्दिन दिनु हुँदैन र पार्टीलाई ध्वस्त हुन दिनु हुँदैन। त्यसैले मैले सदस्यहरू थपेको छु।

यथास्थितिमा अहिले भएका कमिटिबाट एकीकरणका बाँकी काम पूरा गर्न र महाधिवेशन आयोजना गर्न पनि सम्भव छैन। यी कमिटिहरूको कार्यविधि सहमतीको बाटोमा कार्यसम्पादन गर्ने र त्यसबाट अगाडि बढ्ने थियो। तर, त्यो कमिटिले कहिल्यै सहमतिको बाटो समातेन र समात्न सफल भएन्। बरु झमेला सिर्जना गर्ने, अन्यौलता सिर्जना गर्ने, तत्वहरूको चंगुलमै कमिटि घुमिरह्यो। केही तत्वहरूले समस्या सिर्जना गर्ने र त्यही समस्यामा कमिटि रुमल्लिने र त्यो समस्यालाई छिचोलेर अगाडी जान नसक्ने। त्यो विवसताबाट कमिटिलाई कसरी अगाडि बढाउने भन्ने बारे अन्यौलता सिर्जना गरे।

त्यसले कार्यकर्ता पंक्तिलाई पनि निरीह र निराश बनाउँदै लगेको स्थितिलाई अविलम्ब रोक्न आवश्यक पर्‍यो। सरकारले गरेको राम्रा कामहरूलाई समेत भरसक ओझेलमा पार्ने, बंग्याइ टिङग्याई कुप्रचार गर्ने, विपक्षी र विरोधीलाई समेत उछिनेर अनावश्यक र झुटा कुरा उचालेर सरकारलाई बद्नाम गर्ने काम संगठित र योजनाबद्ध तरिकाले भइरहेको हुँदा तीनलाई तत्काल रोक्न मौजुदा कमिटि असफल भए।

पार्टी नेतृत्वको लगातार अनुचित विरोध र निन्दा भइरहने र अनेकौं निराधार, झुटा र घिनलाग्दा आरोपसहित नेतृत्वलाई खुइल्याउने प्रयास भइरहेको हुँदा त्यसप्रकारका पार्टीलाई नोक्सान पुर्याउने र विपक्षीलाई फाइदा पुर्याउने खालका कुराहरू मौजुदा कमिटिले रोक्न सकेन।

विभिन्न समयमा चर्को माग हुँदा हुँदै पनि कमिटि निर्माणमा सन्तुलनको पक्षलाई ध्यान नदिइएको र ध्यान दिन मानिएन्। यसमा सकरात्मक ढङ्गले क्रमशः सुधार गर्दै जानुपर्नेमा त्यसमा बिलम्ब गर्न उचित नहुने भएकाले पार्टी र पार्टी मातहतका संगठन र संरचनाहरू, पार्टीले लिएको नीति कार्यक्रम, कार्ययोजना र उद्देश्यहरू कार्यान्वयन गरेर उपलब्धि हात पार्ने माध्यम रहन्छ।

ती पार्टीलाई विभिन्न अप्ठ्यारा मोडहरूबाट जोगाउँदै यहाँसम्म ल्याइ पुर्याउने नेतृत्व तथा पार्टीको प्रथम अध्यक्षको हैसियतले मौजुदा नेतृत्वदायी कमिटिमा केही आवश्यक संख्या थपी ऐनलाई सुदृढ, सन्तुलित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखि मौजुदा केन्द्रीय कमिटिमा देहायका कमरेडहरूलाई समावेश गरी हालको संख्यामा ५५६ जना थपी १००३ सदस्यीय केन्द्रीय कमिटिको प्रस्ताव गरेको छु। अहिले १००३ र जम्मा सदस्य ११९९ जना हुन्छ। यसलाई निर्णयका लागि म प्रस्ताव गर्दछु।

औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ। पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमाः

हामी त्यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं। त्यस उद्देश्यका निम्ति हामी एउटा वास्तवमै सशक्त आन्दोलन निर्माणमा छौं। त्यो आन्दोलन निर्माण गर्न, सञ्चालन गर्न त्यसलाई ठीक ढङ्गले अगाडि बढाउनका लागि हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ।  त्यो सशक्त पार्टी एकताबद्ध हुनुुपर्दछ। अघि मैले भनेका सही विचारहरू– माक्र्सवादी दर्शन, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र हामीले लिएको हाम्रो गन्तव्यतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्र त्यसका निम्तिका कार्यक्रम, योजना नीतिका साथ हामी अगाडि बढ्छौं।

पार्टी नेतृत्वको लगातार अनुचित विरोध र निन्दा भइरहने र अनेकौं निराधार, झुटा र घिनलाग्दा आरोपसहित नेतृत्वलाई खुइल्याउने प्रयास भइरहेको हुँदा त्यसप्रकारका पार्टीलाई नोक्सान पुर्‍याउने र विपक्षीलाई फाइदा पुर्‍याउने खालका कुराहरू मौजुदा कमिटिले रोक्न सकेन।

ती पार्टीलाई विभिन्न अप्ठ्यारा मोडहरूबाट जोगाउँदै यहाँसम्म ल्याइ पुर्‍याउने नेतृत्व तथा पार्टीको प्रथम अध्यक्षको हैसियतले मौजुदा नेतृत्वदायी कमिटिमा केही आवश्यक संख्या थपी ऐनलाई सुदृढ, सन्तुलित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखि मौजुदा केन्द्रीय कमिटिमा देहायका कमरेडहरूलाई समावेश गरी हालको संख्यामा ५५६ जना थपी १००३ सदस्यीय केन्द्रीय कमिटिको प्रस्ताव गरेको छु। अहिले १००३ र जम्मा सदस्य ११९९ जना हुन्छ। यसलाई निर्णयका लागि म प्रस्ताव गर्दछु।

" /> काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्।

"> 'पद, पैसा र परिवार मात्र सोच्नेलाई देश सुम्पिन सकिन्न': Dekhapadhi
'पद, पैसा र परिवार मात्र सोच्नेलाई देश सुम्पिन सकिन्न' <p style="text-align: justify;">काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्।</p> <p style="text-align: justify;">पार्टी केन्द्रीय कमिटिको बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासका लागि सरकारले गरेका प्रयासहरूमा आफ्नै दलका केही नेता बाधक बनेको आरोप लगाए। आफूले पार्टीलाई एकजुट बनाउन निरन्तर प्रयास जारी राखे पनि कार्यकारी प्रचण्ड तथा उनले नेतृत्व गरेको वरिष्ठ नेता माधवकुमार नेपालसहितको असन्तुष्ट समूहका नेताहरूले नमानेको प्रधानमन्त्री ओलीको गुनासो थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;मैले अस्तिको दिन प्रचण्डजीलाई भनेँ, हामीले मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ की &nbsp;&nbsp;? निर्वाचनमा हामी एकजुट भएर जानुपर्&zwj;यो भनेर भनेँ,&rdquo; प्रधानमन्त्री ओलीले गुनासो पोख्दै भने, &ldquo;तर उहाँहरू मान्नुभएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन।&rdquo;</p> <p style="text-align: justify;">झण्डै दुई तिहाई नजिकको बहुमतका साथ संसदमा प्रतिनिधित्व गर्ने दलभित्रको आन्तरिक विवादका कारण आइतबार मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिलाई गरेको थियो। राष्ट्रपतिव्राट मन्त्रिपरिषद्को सिफारिस सदर भएर वैशाखमा मध्यावधी चुनाव हुने पक्का भएपछि नेकपाको असन्तुष्ट पक्ष विरोधमा छ। यसैबीच आज प्रथम अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय कमिटिको बैठक बोलाएका थिए। त्यसको काउन्टर स्वरुप असन्तुष्ट पक्षले पनि असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।</p> <p style="text-align: justify;">औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ।</p> <p style="text-align: justify;"><strong>पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमा:</strong></p> <p style="text-align: justify;"><em>हामी एउटा नयाँ पार्टीतर्फ अगाडि बढ्दैछौं। अहिलेसम्म विधिवत रूपमा पार्टी विभाजित छैन। हामी पार्टी विभाजन गर्न पनि चाहदैनौं। निर्वाचनको घोषणा, निर्वाचन, हुँदा पार्टी फुट्छ ? फुट्नुपर्छ र पार्टी निर्वाचन हुँदा ? झन् एकजुट भएर अगाडि बढ्नुपर्दैन ?</em></p> <p style="text-align: justify;"><em>मैले अस्तीका दिन प्रचण्डजीलाई भने, &lsquo;हामीले केही मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ कि&nbsp; ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्&zwj;यो। हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा जानुपर्&zwj;यो। आपसी अन्तरविरोधहरू टुंगाउनुपर्&zwj;यो। अब एकजुट भएर हामी निर्वाचनका काममा अगाडि बढौं। प्रधानमन्त्री नै बन्नु छ भने पनि चुनावबाट बन्ने होला नि त &nbsp;? म प्रधानमन्त्री चुनावबाट बनेको हुँ। यसले हामीलाई एकठाउँमा पुर्याउँछ।&rsquo;</em></p> <p style="text-align: justify;"><em>अरू पार्टी पनि एकजुट हुँदैछन्, चुनावको सामना गर्नका लागि। हामी ? उहाँहरू त मान्नुभएन, उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा। कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू यस धर्तीमा, यस धर्तीको भूमीमा, यस धर्तिको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपुर्ती गर्न उहाँहरू चलिरहनुभएको छैन।&nbsp;</em></p> <p style="text-align: justify;"><em>तपाईहरूलाई थाहा छ। ममाथि हमला कतिकतीव्रेला हुन्छ &nbsp;? तपाईहरूलाई थाहा छ। मेरो आफ्नै जीवनमा, मेरो आफ्नै अनुभवका हिसाबले भन्ने हो भने जब देशमा निरंकुश राजतन्त्र थियो, तानासाही पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन सुरु गर्यौं। हमला भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>मैले आफै व्यक्तिगत तवरमा पनि के झेल्नुपरेको छ भन्ने मैले अलिकति सु्नाउन खोजेको। त्यसबेला हामीले आक्रमण सहनुपर्&zwj;यो, मैले पनि आक्रमण सहनुपर्&zwj;यो। मैले जेलमा पनि बस्नुपर्&zwj;यो, अरू साथीले पनि बस्नुपरयो। हामीमाथि हमला कतीव्रेला भयो भने, जतीव्रेला हामीले जनताका लागि, देशका लागि, एउटा निर्णायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं, त्यसबेला हमला भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसपछिका दिनहरू पनि म थुप्रै सम्झन्छु। तर पछिल्लो समयको मात्र कुरा गरौं। म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध। हामीले संविधान जारी गर्यौं। संविधान जारी गरेबापत हमला भयो। नाकाबन्दी हामीमाथि लगाइयो। नाकाबन्दीका विरुद्ध हामीले डटेर सामना गर्यौं। त्यसबेला आलोचना र विरोध हाम्राविरुद्ध केन्द्रित गरियो। देश बर्बाद् गराउने भयो, नसक्ने ठाउँमा सिङ जुधाउन पुग्यो, छिमेकीहरूसँग सम्बन्ध बिगार्&zwj;यो। हामीले सम्बन्ध बिगारेको थिएन। हामी त नाकाबन्दी भोगिरहेका थियौं र त्यसको विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं।&nbsp;</em></p> <p style="text-align: justify;"><em>तर पनि हाम्रो राष्ट्रको स्वाभिमान सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने मान्छेहरू थिए, शक्तिहरू थिए। हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दूरवुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठेरोमा पर्ने स्थिति भयो। अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढङ्गले बोलेर अभियान चाल्नुभयो। हामी एउटा देशबाट घेरिएका थियौं। चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु भएन। तीव्र भयो हमला।&nbsp;</em></p> <p style="text-align: justify;"><em>चीनतिरबाट पारवहन र यातायात सम्बन्धि सन्धी भएपछि, हामीले त्यता तिरका विभिन्न नाका खोलेपछि, विभिन्न बाटाहरू बनाएपछि, चीनसँग जोडने बाटा बनाइयो भनेर हामीमाथि हमला भयो। हाम्रा दूर्गम ठाउँहरू चीनसँग जोडिएका छन्, सिमाना जोडिएका छन्। ती दूर्गममा ठाउँमा बाटो नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं। त्यसकारण हामीले चिनसँग सम्बन्ध जोड्नैपथ्र्&zwj;यो। बाटाहरूले जोडनैपथ्र्&zwj;यो। हवाई जोडनैपथ्र्&zwj;यो।</em></p> <p style="text-align: justify;"><em>कनेक्टिभिटीका अनेक&ndash; ट्रान्स हिमालयन कनेक्टिभिटीका, हिमाल&ndash;पहाड सम्बन्ध, आवागमन, हवाई या दूरसञ्चार वा अरू वा रेलमार्ग अरू बाटा विभिन्न माध्यमबाट हामीले खोल्यौं। त्यसो भएपछि हाम्रा विरुद्ध यति तीव्र्र हमला भयो की, त्यो सरकार ढलाई छोडे। म कमरेडहरूलाई प्रश्न गर्न चाहन्छु, देशका लागि त्यति दृडताका साथ, त्यति स्पष्ट दृष्टिकोणका साथ, केही हुँदैन क्यारे यो देशमा भन्ने ठाउँमा जनताका सपनाहरू, ओइलाएका सपनाहरू जगाएर, विकासको एउटा लहर चलाएर, राष्ट्रिय भावना जगाएर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाएर देशलाई एक लय र एक तालमा समृद्धिको बाटोमा अगाढि बढाउने त्यो सरकार, त्यति उपलब्धिसाथ अगाडि बढेको सरकार गिराउनेमा हाम्रै पार्टीका नेताहरू भएका र अविश्वासको प्रस्तावमाथि बोल्दा अविश्वासको प्रस्तावको आफ्नै पार्टीका नेताहरूले समर्थत गरे त्यसबेला। त्यो कुरा पनि मलाई सम्झना छ। हाम्रै सांसदहरूको शिर निउरिएको थियो त्यो बेला, त्यो थाहा छ।&nbsp;</em></p> <p style="text-align: justify;"><em>अब एउटा परिस्थिती अहिले फेरी यहाँ आयो। हामीले हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर नक्सा छाप्यौं। हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर, हामीले अरूको भूभाग सामेल गरेको होइन। हाम्रो भूभाग सामेल गरेर नक्सा छाप्छौं र त्यो नक्सालाई नक्सामात्र छापेर त्यो कुनै पोस्टर होइन। हामीले छापेको राष्ट्रको सार्वभौम सत्ता र भूगोल हो। सार्वभौम सत्ता सम्पन्न हाम्रो भूगोल हो। त्यो भूगोल नक्साबाट समेत बाहिर पारिएको थियो। सुगौलीको सन्धीपछि हामीले १४६ वर्षसम्म भोगचलन गरेको जमिन ५८ वर्षअगाडि कालापानीमा भारतीय फौज बस्यो र त्यसभन्दा उताको लिपुलेख र लिम्पियाधुरा बाटामा फौज बसेर ब्लक गरेपछि उतैको जस्तो गरेर हट्यो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसपछि यो संविधान संशोधन गरियो। सर्वसम्मतीले गरियो। संविधान बनाउदा पनि सर्वसम्मती भएको थिएन। कुनै पनि कुरामा संविधानको मामिलामा राष्ट्रिय सहमति अथवा राष्ट्रिय सर्वसम्मति अहिलेसम्म भएको थिएन। तर हामीले संविधानको प्रश्नमा राष्ट्रलाई एक ठाउँमा उभ्यायौं। कतिको छातीमा ह्वारह्वार आगो बल्यो। किन बलेको हो &nbsp;? थाहा छैन।</em></p> <p style="text-align: justify;"><em>एउटा समूह पृथकतावादी राजनीति लिएर हिडिरहेको थियो। त्यस समूहलाई हामीले संविधानसम्मत, संवैधानिक राजनीति, शान्तिपूर्ण राजनीतिको मूलधारमा, राष्ट्रिय एकताको मूलधारमा ल्याउने काममा सफलता प्राप्त गर्यौं। त्यो बेला पनि हामीले विरोधको सामना गर्नुपर्&zwj;यो। यो के षणयन्त्र हो &nbsp;? त्यस्ताहरूलाई किन मञ्च दिइयो ? आदि इत्याादि। एउटा पृथकतावादी राजनीतिको अन्त्य भएर राष्ट्रिय मूलधारको राजनीति जब अगाडि बढ्दैछ भने त्यसमा मन पोल्नुपर्ने कारण के &nbsp;&nbsp;? कलेजो जल्नुपर्ने कारण के &nbsp;&nbsp;? तर केही मान्छेहरूको जल्यो। त्यहाँ राष्ट्रवाद देखे, पृथकतावादको अन्त्य हुँदा राष्ट्रवादको नारा लगाएर रुवाबासी गरे केही मान्छेहरू। हामी देख्न सक्छौं यसभित्र के होला &nbsp;&nbsp;? हामी बुझ्न सक्छौं, यसभित्र के होला &nbsp;&nbsp;? यतिबेला त्यसैकारण हाम्रा विरुद्ध तीव्र्र हमला भइरहेछ।&nbsp;</em></p> <p style="text-align: justify;"><em>हाम्रा एकजना पार्टीका वरिष्ठ नेताले टेलिभिजनमै भनेको सुनियो। तपाई एकताको विपक्षमा हुनुहुन्थ्यो नि भनेर सोध्दा, &lsquo;होइन&ndash;होइन, भ्रम नगर्नुहोस् म एकताको विरुद्धमा थिइँन। यो एकता गरेपछि नै एकता गरेको समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ भनेर एकताको पक्षमा थिएँ। एकताको एकदम पक्षमा थिएँ। किनभने त्योसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ।&rsquo;&nbsp;</em></p> <p style="text-align: justify;"><em>अथवा एकता उहाँलाई चाहिएको किन रहेछ &nbsp;&nbsp;? कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन होइन, उहाँहरू अहिले सफल हुनु भएको छ। उहाँहरू जानु भएको छ, आज म सुन्दैछु केपी ओलीलाई निकाल्नु हुन्छ रे। उहाँहरूले भन्दा दश वर्ष अगाडि मैले पार्टी सदस्यता कम्तिमा लिएको होला। एउटा आन्दोलन सुरु गरेर, जति बेला आन्दोलन चुत्रा चुत्रा&ndash; धुजा&ndash;धुजामा थियो, यस अवस्थामा एकता एकिकरणको एउटा अभियान थालेर आएको मलाई आज फेरि यो पार्टीमा ताज्जुप के भने प्रचण्डले निकाल्दिने रे पार्टीबाट।</em></p> <p style="text-align: justify;"><em>पार्टीबाट प्रचण्डले निकाल्ने रे। म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरूमा अल्झिँदैनौं। प्रचण्डले पार्टीबाट निकाल्छन् कि, कहाँ कहाँ बाट निकाल्छन् कि, उनका घरबाट निकाल्छन् कि, अन्त कहाँ कहाँबाट निकाल्छन्। त्यो उनको कुरा हो।</em></p> <p style="text-align: justify;"><em>हामी एउटा आन्दोलमा छौं। हामी हाम्रा महान् उद्देश्यहरूमा छौं। हामीले हाम्रा महान् उद्देश्यहरू तोकेका छौं। हामी समाजवादमा पुग्न चाहन्छौं। अहिले त्यसकारण समाजवाद उन्मुख छ।</em></p> <p style="text-align: justify;"><em>समाजवाद उन्मुख भएको लोककल्याणकारी राज्यको अवधारणअनुसार काम गर्दै सामाजिक न्याय र समानताको अभिवृद्धि गर्दै सुशासन विकासको बाटोमा अगाडि बढेर हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्छ्या पूरा गर्ने हाम्रो उद्देश्य, त्यो हो।</em></p> <p style="text-align: justify;"><em>हामी त्यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं। त्यस उद्देश्यका निम्ति हामी एउटा वास्तवमै सशक्त आन्दोलन निर्माणमा छौं। त्यो आन्दोलन निर्माण गर्न, सञ्चालन गर्न त्यसलाई ठीक ढङ्गले अगाडि बढाउनका लागि हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ। &nbsp;त्यो सशक्त पार्टी एकताबद्ध हुनुपर्दछ। अघि मैले भनेका सही विचारहरू&ndash; माक्र्सवादी दर्शन, माक्र्सवादी&ndash;लेनिनवादी सिद्धान्त र हामीले लिएको हाम्रो गन्तव्यतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्र त्यसका निम्तिका कार्यक्रम, योजना नीतिका साथ हामी अगाडि बढ्छौं।</em></p> <p style="text-align: justify;"><em>त्यस्तो गर्नका लाागि त्यस्तो राष्ट्रिय आन्दोलन चलाउनका लागि हामीलाई सशक्त मजबुत एकताबद्ध गतिशील पार्टी चाहिन्छ।</em></p> <p style="text-align: justify;"><em>त्यस्तो पार्टी निर्माणको एउटा नयाँ चरणमा फेरि हामी प्रवेश गरेका छौं। कमरेडहरूलाई लाग्ला, केही साथीहरू त आएनन्।</em></p> <p style="text-align: justify;"><em>यस्तो हुन्छ। हुुँदो रहेछ। हामीले नचाहेको कुरा हो, भरसक सबै साथीहरूलाई लिएर अगाडि बढौं भन्ने सोचेको हो। तर उहाँहरू प्रधानमन्त्री पनि बामपन्थी देख्नै नसक्ने, पहिले पनि तपाईहरूले देख्नु भएको छ, उहाँहरूको राजनीतिक दृष्टिकोण छैन, वर्गीय दृष्टिकोण छैन। आन्दोलनको दृष्टिकोण छैन। आफ्नो पद, आफ्नो लाभ, आफ्नो हित, त्यो कुरा मात्रै छ।</em></p> <p style="text-align: justify;"><em>अघिल्लो पल्ट मैले नेतृत्व गरेको सरकार ढलाउनु किन पर्याे &nbsp;&nbsp;? उहाँहरूसँग जवाफ छ &nbsp;?<br /> उहाँहरूसँग कुनै जवाफ हुन सक्दैन।</em></p> <p style="text-align: justify;"><em>अहिले आएर उहाँहरू भन्नु हुन्छ, अघिल्लो सरकार लोकप्रिय थियो, लोकप्रिय भए ढालेको किन त &nbsp;?&nbsp;</em></p> <p style="text-align: justify;"><em>उहाँहरू नै हो ढाल्ने। अलिक पछि भन्नुहुन्छ, अहिलेको सरकार त लोकप्रिय थियो, त्यतिबेलाको चाही भएन। अलिक पछि।</em></p> <p style="text-align: justify;"><em>मैले चुनाव अगाडि भनेको थिएँ, अब बामपन्थीको सरकार हामी बनाउँछौं। र अत्यधिक बहुमतको सरकार हामी बामपन्थीको बनाउँछौं। त्यो हामीले गर्&zwj;यौं। अब कमरेडहरूलाई अलिकति चिन्ता लाग्ला। त्यो चिन्ता नलिन म आग्रह गर्छु।</em></p> <p style="text-align: justify;"><em>पुराना पातहरू झर्ने, नयाँ पातहरू पलाउने यो क्रम भइरहन्छ। हामीले नचाहँदा पनि हुन्छ। पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरू।&nbsp;</em></p> <p style="text-align: justify;"><em>हामीले चाहेर के गर्ने &nbsp;&nbsp;? चाह्यौ हामीले अहिले पनि चाहिरहेका छौं। उहाँहरू जस्तो कसैलाई निकालेर, निष्कासन गरेर हामी कुदिराख्या छैनौं।</em></p> <p style="text-align: justify;"><em>उहाँहरू यति उपध्रो गरिरहनु भएको छ। यति अन्तरघात गरिरहनु भएको छ। बामपन्थी आन्दोलनलाई, कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टी भित्रै बिग्रहको यस्तो खेति गरिरहनु भएको छ उहाँहरू। तर पनि हामी कसैलाई निकालिरहेका छैनौं।</em></p> <p style="text-align: justify;"><em>आफैँ उहाँहरू किनारा लाग्दै हुनुहन्छ। त्रिशुलीमा तपाईहरूले हेर्नु भएको होला&ndash; केही केही चिजहरू नदिमा परे भने त्यो बिस्तारै बग्दै जाँदा किनारा&ndash;किनारा तिर लाग्दै जान्छन् र नदिका किनारमा फोहोरहरू किनारमा धकेलिदएको देख्नु भएको होला।</em></p> <p style="text-align: justify;"><em>नदिले बग्ने क्रममा किनारमा फोहोर धकेल्दै जान्छ, फ्याँक्दै जान्छ, छोड्दै जान्छ र सफा हुँदै अगाडि बढ्छ।</em></p> <p style="text-align: justify;"><em>भन्न त नहुने, नमिल्ने, तर नमिले पनि एउटा गीत सम्झिनु पर्&zwj;यो जीवन शर्माको जस्तो लाग्छ&ndash; &nbsp;पिलो निचोरिदैमा ओजन घटेको हुन्न।</em></p> <p style="text-align: justify;"><em>पिलो निचोरिन्छ, त्यसको खील बाहिर जान्छ तर ओजन घट्या हुन्न, खील निस्किँदैमा। पार्टीमा तपाईहरू कल्पना गर्न सक्नुहुन्छ। एकता गरेपछि कमिटिहरूले काम गर्न पाए &nbsp;&nbsp;? तपाईहरूले काम गर्न पाउनु भयो &nbsp;&nbsp;? तपाईहरूले गतिसाथ अगाडि बढ्न पाउनु भयो &nbsp;&nbsp;? विभिन्न बाहानामा तपाईहरूलाई गाइभैसीलाई झैँ खुट्टै लगाउने काम भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>काम गर्न नपाउने अवस्था भयो। जनताका बीचमा स्पष्ट राजनीति लिएर गतिशील डङ्गले जान नपाउने, संगठन एक ढिक्का भएर अगाडि बढ्न नपाउने, त्यसप्रकारको कुटनीति भयो।</em></p> <p style="text-align: justify;"><em>हामीले एकदिन गर्व गर्&zwj;यौं। तीन महिना भित्र एकिकरणका काम टुङ्ग्याउने निर्णय गरेका होइनौं &nbsp;&nbsp;? त्यो तीन महिना कहिले आउँछ &nbsp;&nbsp;? त्यता पट्टि कहिल्यै ध्यान गएन। दुई वर्षभित्र महाधिवेसन गर्ने भनियो, गएको जेठ ३ गतेभन्दा उतै महाधिवेस सम्पन्न भइसक्नु पर्ने। सम्भवत विधानको धारा १७ मा होला। दुई वर्ष भित्र महाधिवेसन सम्पन्न गरिसक्नुपर्छ। तर महाधिवेसन गर्नेतर्फ कुनै सोच छैन। कुनै चिन्ता छैन। कुनै तयारी छैन।</em></p> <p style="text-align: justify;"><em>भूँइचालो जाँदा, हामीले कार्यकर्ता परिचालन गरेर, अरू पनि पार्टी हुँदा हुन्, त्यसबेलाको सरकारले पनि केही गर्न सकेन। तर, हामीले हाम्रो कार्यकर्ता पंक्ति परिचालन गरेर आफैं एक कप चिया पनि कसैको खान नपाउने गरी बडो अनुशासित ढङ्गले एक महिनाको अभियान चलायौं। २७ हजार २७६ अस्थायी टहराहरू निर्माण गरेर हामीले जनतालाई हस्तान्तरण गर्&zwj;यौं। &nbsp;</em></p> <p style="text-align: justify;"><em>धेरै स्कूल भवनहरू निर्माण गरेर हस्तान्तरण गर्&zwj;यौं। २२ हजार भग्नावशेषहरू सफा गर्ने काम गर्&zwj;यौं। जनतालाई अपठ्यारो परेका बेला पार्टी त्यस्ता काम गर्न सक्छ। त्यस्ता राहतका काम गर्न सक्छ। तर, पार्टी &nbsp;? यस्तो कोरोना महामारीको बिगबिगी छ, पार्टी केही गर्न सक्दैन। केही गर्न सक्ने अवस्थामा कार्यकर्ता परिचालन गर्न सक्ने अवस्थामा पार्टी रहेन।&nbsp;</em></p> <p style="text-align: justify;"><em>विरोध मात्र गर्न सक्ने। सस्ता प्रचारबाजी मात्र गर्न सक्ने। टेलिभिजनमा गयो, सरकारलाई गाली गर्&zwj;यो। पत्रपत्रिकामा गयो, सरकारलाई गाली गर्&zwj;यो। रेडियो अन्तर्वार्ता दियो, सरकारलाई गाली गर्&zwj;यो। यसैमा समय खर्चिने। हामीले त्यसको जवाफ दिन पनि पाएनौं। किनभने हामी अनुशासित छौं। हामीले अनुशासन, मर्यादा, सुसंस्कृति कायम गर्न खोजेका छौं।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसकारण, केही पनि गर्न नसक्ने अवस्थामा आयौं। पार्टी अगाडि बढ्न नसक्ने अवस्थामा, सधै रुमलिने अवस्था भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसबाहेक महाअभियोग लगाउने, अविश्वासको प्रस्ताव लगाउने, केन्द्रीय कमिटिबाट अध्यक्ष निकाल्ने, अरू नेताहरू निकाल्ने। यो बाटोतिर पो खेती गरिरहेको हुन्छ। पार्टी एकिकरण टुङ्ग्याउने, एकिकरणको बाटोबाट अगाडि बढाउने होइन। एकिकरणको बाटो अगाडि बढ्ने होइन्, बरु उहाँहरू भत्काउने, कसैलाई निस्कासन गर्ने, कसैलाई कारवाही गर्ने, कुदेर राष्ट्रपति कहाँ पुग्ने, कुदेर सभामुख कहाँ पुग्ने, यहि प्रकारको खेल थियो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसकारण हामीले निश्चित समयभित्र, लगभग ११ महिनाभित्र, हामीले अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं। हामीले चुनावमा पनि जानुछ। यसपछि अब हामी चुनावको तयारीमा जुट्छौं। अर्को, हामीले चुनावपछि अरू कामहरू बढी व्यवस्थित गर्नुछ। चुनाव अगाडि कमिटिहरूलाई व्यवस्थित गर्ने, विभागहरूलाई व्यवस्थित गर्ने, मातहतका कमिटिहरूलाई पुर्नगठन गर्ने, यावत कामहरू गर्नुपर्ने अवस्था छ। यी सबै काम गरेर हामी चुनावका लागि तयारी गर्छौ।&nbsp;</em></p> <p style="text-align: justify;"><em>चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ। र हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं। अब त्यसमा चार सिट थपेर १२० सिट जित्नुपर्ने छ। हाम्रो अभियान कुन हिसाबले सञ्चालन गर्न सक्छौं। हाम्रो सफलता त्यसमा निर्भर गर्छ।&nbsp;</em></p> <p style="text-align: justify;"><em>हामी एउटा आँधी तुफानको रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाएर जादैंछौं। आँधी तुफानको रूपमा हाँकेर जान्छौं। हामी राजनीतिमा सम्पूर्ण ढङ्गले सर्मपित भएर अगाडि बढ्छौं। हामी सही विचारको, सहि उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं। हामी एकताको बलको, एकताको सक्रियताको तागत देखाउँछौं। हाम्रो व्यापक पार्टी पंक्तिको परिचालन, त्यसको तागत हामी देखाउँछौं।</em></p> <p style="text-align: justify;"><em>त्यसैगरी जनपरिचालन गर्छौ। त्यसको तागत हामी देखाउँछौं। देशभक्तिमा के तागत हुन्छ &nbsp;? राष्ट्रवादमा के तागत हुन्छ &nbsp;? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ &nbsp;? त्यो हामी देखाउँछौं। हाम्रो स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मुल गर्ने, हाम्रा इमान्दार उद्देश्यहरूको तागत र सुशासन, शान्ति कायम गर्ने नीति र व्यवहारको तागत के हुन्छ &nbsp;? त्यो हामी देखाउँछौं।&nbsp;</em></p> <p style="text-align: justify;"><em>र सर्वोपरी कुरा राजनीतिमा इमान्दारीताको कुरा झण्डै-झण्डै धेरै ठाउँमा पराजित हुन्छ। तर, हामी राजनीतिमा इमान्दारिताको तागत देखाउँछौं र राजनीतिलाई तदअनुसारनै सफल राजनीति, स्वच्छ राजनीति, इमानको राजनीति, देशभक्त राजनीति, लोकतान्त्रिक राजनीति, विधिको शासन भएको राजनीति, देश र जनताको हितमा केन्द्रीत भएको राजनीति अगाडि बढाउँछौं र सफल हुन्छौं।&nbsp;<br /> &nbsp;<br /> त्यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, एकताबद्ध, विचारमा स्पष्ट र गतिशिल पार्टी चाहिन्छ। किन केन्द्रीय कमिटिमा केही साथीहरूलाई थप गरेको छु &nbsp;? लामो समयदेखि यस आन्दोलनलाई एउटा टुक्रा टुक्रामा विभाजित भएको अवस्थाबाट एकता र एकीकरणको पार्टी निर्माणको एउटा अभियान, आन्दोलन सञ्चालन गर्दै आएर यहाँसम्म ल्याईपुर्&zwj;याएको नेताको हैसियतमा र पार्टीको प्रथम अध्यक्षको हैसियतमा जनताले विश्वास गरेको प्रधानमन्त्री यहि पार्टीको अध्यक्ष किन बनाउनुपर्&zwj;यो &nbsp;? त्यो अध्यक्षको हैसियतले जसमाथि जनताले विश्वास गरेर अभिभारा सुम्पिएका छन्। र त्यो अभिभारा असफल हुन दिनु भएको छैन। देशभक्ति मनमा नभएका, लोकतान्त्रिक चिन्तन र चरित्र नभएका, देश र जनताको बारेमा कहिल्यै नसोच्ने, आफू, आफ्नो परिवार, खासगरी तीन &#39;प&#39;- पद, पैसा र परिवार को बारेमा मात्रै सोच्नेहरूको हातमा देश सुम्पिन सकिँदैन्। त्यसकारण विघटनमा जानुपर्&zwj;यो।<br /> &nbsp;<br /> अब यसपछिको परस्थितिको हामीले कसरी सामना गर्ने &nbsp;? त्यसैलाई निहुँ बनाएर, निहुँ त अगाडि देखि नै खोजिरहेकै थिए। त्यसलाई उनीहरूले झन् निहुँ बनाउँछन्। त्यो निहुँ बनाएर पार्टी विभाजन गर्न खोजिरहेका छन् र प्रयास गरिरहेका छन्। परामर्श नै नगरीकन अध्यक्ष निष्कासन गर्ने आदि इत्यादि गरिरहेका छन्।&nbsp;</em></p> <p style="text-align: justify;"><em>महाधिवेशन गर्नुपर्ने गरिराखेका छैनन्। त्यतापट्टि लागिराखेका छैनन्। यसर्थ कमिटिमा महाधिवेशन गर्न सक्नेगरी, आगामी अभिभाराहरू बहन गर्न सक्नेगरी कमिटि अलिकति थपेर बिस्तार गरेर एक ढङ्गले भन्ने हो भने पुर्नगठन गरेका छौं। केन्द्रीय कमिटि यसको बिस्तार हो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>तपाईहरूले देखिहाल्नुभयो। केन्द्रीय कमिटिको बैठकमा सबैलाई बोलाइएको छ। तर, आउँदैंनन्। उतै बैठक बस्या छ। यो खालको अराजक स्थितिमा आन्दोलन जोगाउनका लागि को कतापट्टि बस्छ &nbsp;? छोडिदिउँ, हामी आन्दोलन जोगाउनका निमित्त मैले केन्द्रीय कमिटिमा सदस्य बिस्तार गरेको छु।&nbsp;</em></p> <p style="text-align: justify;"><em>मैले बुँदामा टिपेर ल्याएको छु। कमरेडहरूलाई पनि काम लाग्छ:</em></p> <p style="text-align: justify;"><em>एउटा त, अहिलेका कमिटिहरू निर्वाचित होइनन्। यी कमिटिहरू मनोनित कमिटि हुन्। महाधिवेशनबाट निर्वाचित पनि होइनन्। कुनै कमिटि पनि निर्वाचित होइनन्। सबै मनोनित हुन्।&nbsp;</em></p> <p style="text-align: justify;"><em>यर्थातमा मौजुदा कमिटिहरू पनि यसै प्रक्रियाबाट जसरी हिजो मैले केन्द्रीय कमिटिमा मनोनित गरेँ। त्यस उद्देश्यका लागि मैले ४४१ जनाको केन्द्रीय कमिटि बनाएको। दुई जना आमन्त्रित केन्द्रीय सदस्य बनियो। चार जना पछि थपियो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>४४१ केन्द्रीय सदस्य। दुई जना आमन्त्रित केन्द्रीय सदस्य। उहाँहरू पनि केन्द्रीय सदस्य नै हो। ४४३ जना भयो। चार जना पछि थपियो, ४४७ भयो। ४४७ जना जना पहिलाका केन्द्रीय सदस्य अनि ५५६ जना मैले हिजो मनोनयन गरेका केन्द्रीय सदस्य गरेर अहिले एक हजार तीन जनाको केन्द्रीय कमिटिको मौजुदा सदस्य अहिले १९६ जना खाली राखेर ११ सय ९९ जनाको कमिटि बनाइएको छ। यो कमिटि पछि हेरफेर हुन्छ।</em></p> <p style="text-align: justify;"><em>अहिले हामी विशेष परिस्थिति, विशेष अभिभारा र विशेष अभियानमा भएकाले कमिटिलाई ठूलो पनि बनाउन पर्&zwj;यो। र, एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन्। त्यस कुरालाई पनि ध्यानमा राख्नु पर्&zwj;यो। विभाजन भएर छुटिट्एनन् भने त्यस स्थितीमा पनि हामीले अभियानलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नु पर्&zwj;यो।</em></p> <p style="text-align: justify;"><em>तसर्थ, ११ सय ९९ जनाको केन्द्रीय कमिटि हुनेछ। त्यसमा ४४७ पहिलेको र ५५६ हिजो २०७७ साल पुस ६ गतेको। मैले प्रथम अध्यक्षको हैसियतले आन्दोलनको वृहत्तर हितलाई ध्यानमा राखेर यस विशेष परिस्थितिलाई केन्द्रीय समितिमा मनोनयन गरेको ५५६ जना गरेर १००३ जना गरेर अहिले यतिबेला मौजुद छौं। पहिलेको कमिटिहरू पनि यसैगरी भएका थिए। र, पहिले पनि बनिसकेपछि आफैँ अनुमोदन गरिएको हो। अहिलेसम्म भएका कमिटिहरू संक्रमण कालिन कमिटिहरू हुन्।</em></p> <p style="text-align: justify;"><em>अहिलेसम्म कमिटिहरूले एकीकरण काम पूरा गरेर दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने भनेर तोकिएको थियो। र, त्यो कुरा विधानमा पनि उल्लेख छ। जुन अभिभारा पूरा गर्न पहिलेको केन्द्रीय कमिटिबाट सम्भव देखिएन्।</em></p> <p style="text-align: justify;"><em>त्यसकारण, पहिलेको कमिटिलाई गतिशिल र संगठित गर्न खोजेर एकताबद्ध बनाउन खोज्दा कुनै हिसाबले पनि सम्भव भएन् र म अध्यक्षको हिसाबले मेरो कर्तव्य हो। कुनै पनि हालतमा मैले पार्टीलाई असफल हुन दिनु हुँदैन। पार्टीलाई गतिहिन हुन दिनु हुँदैन। आन्दोलनलाई सिद्दिन दिनु हुँदैन र पार्टीलाई ध्वस्त हुन दिनु हुँदैन। त्यसैले मैले सदस्यहरू थपेको छु।</em></p> <p style="text-align: justify;"><em>यथास्थितिमा अहिले भएका कमिटिबाट एकीकरणका बाँकी काम पूरा गर्न र महाधिवेशन आयोजना गर्न पनि सम्भव छैन। यी कमिटिहरूको कार्यविधि सहमतीको बाटोमा कार्यसम्पादन गर्ने र त्यसबाट अगाडि बढ्ने थियो। तर, त्यो कमिटिले कहिल्यै सहमतिको बाटो समातेन र समात्न सफल भएन्। बरु झमेला सिर्जना गर्ने, अन्यौलता सिर्जना गर्ने, तत्वहरूको चंगुलमै कमिटि घुमिरह्यो। केही तत्वहरूले समस्या सिर्जना गर्ने र त्यही समस्यामा कमिटि रुमल्लिने र त्यो समस्यालाई छिचोलेर अगाडी जान नसक्ने। त्यो विवसताबाट कमिटिलाई कसरी अगाडि बढाउने भन्ने बारे अन्यौलता सिर्जना गरे।</em></p> <p style="text-align: justify;"><em>त्यसले कार्यकर्ता पंक्तिलाई पनि निरीह र निराश बनाउँदै लगेको स्थितिलाई अविलम्ब रोक्न आवश्यक पर्&zwj;यो। सरकारले गरेको राम्रा कामहरूलाई समेत भरसक ओझेलमा पार्ने, बंग्याइ टिङग्याई कुप्रचार गर्ने, विपक्षी र विरोधीलाई समेत उछिनेर अनावश्यक र झुटा कुरा उचालेर सरकारलाई बद्नाम गर्ने काम संगठित र योजनाबद्ध तरिकाले भइरहेको हुँदा तीनलाई तत्काल रोक्न मौजुदा कमिटि असफल भए।</em></p> <p style="text-align: justify;"><em>पार्टी नेतृत्वको लगातार अनुचित विरोध र निन्दा भइरहने र अनेकौं निराधार, झुटा र घिनलाग्दा आरोपसहित नेतृत्वलाई खुइल्याउने प्रयास भइरहेको हुँदा त्यसप्रकारका पार्टीलाई नोक्सान पुर्याउने र विपक्षीलाई फाइदा पुर्याउने खालका कुराहरू मौजुदा कमिटिले रोक्न सकेन।</em></p> <p style="text-align: justify;"><em>विभिन्न समयमा चर्को माग हुँदा हुँदै पनि कमिटि निर्माणमा सन्तुलनको पक्षलाई ध्यान नदिइएको र ध्यान दिन मानिएन्। यसमा सकरात्मक ढङ्गले क्रमशः सुधार गर्दै जानुपर्नेमा त्यसमा बिलम्ब गर्न उचित नहुने भएकाले पार्टी र पार्टी मातहतका संगठन र संरचनाहरू, पार्टीले लिएको नीति कार्यक्रम, कार्ययोजना र उद्देश्यहरू कार्यान्वयन गरेर उपलब्धि हात पार्ने माध्यम रहन्छ।</em></p> <p style="text-align: justify;"><em>ती पार्टीलाई विभिन्न अप्ठ्यारा मोडहरूबाट जोगाउँदै यहाँसम्म ल्याइ पुर्याउने नेतृत्व तथा पार्टीको प्रथम अध्यक्षको हैसियतले मौजुदा नेतृत्वदायी कमिटिमा केही आवश्यक संख्या थपी ऐनलाई सुदृढ, सन्तुलित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखि मौजुदा केन्द्रीय कमिटिमा देहायका कमरेडहरूलाई समावेश गरी हालको संख्यामा ५५६ जना थपी १००३ सदस्यीय केन्द्रीय कमिटिको प्रस्ताव गरेको छु। अहिले १००३ र जम्मा सदस्य ११९९ जना हुन्छ। यसलाई निर्णयका लागि म प्रस्ताव गर्दछु।<br /> काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्।</em></p> <p style="text-align: justify;"><em>पार्टी केन्द्रीय कमिटिको बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासका लागि सरकारले गरेका प्रयासहरूमा आफ्नै दलका केही नेता बाधक बनेको आरोप लगाए। आफूले पार्टीलाई एकजुट बनाउन निरन्तर प्रयास जारी राखे पनि कार्यकारी प्रचण्ड तथा उनले नेतृत्व गरेको वरिष्ठ नेता माधवकुमार नेपालसहितको असन्तुष्ट समूहका नेताहरूले नमानेको प्रधानमन्त्री ओलीको गुनासो थियो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>&ldquo;मैले अस्तिको दिन प्रचण्डजीलाई भनेँ, हामीले मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ की &nbsp;&nbsp;? निर्वाचनमा हामी एकजुट भएर जानुपर्&zwj;यो भनेर भनेँ,&rdquo; प्रधानमन्त्री ओलीले गुनासो पोख्दै भने, &ldquo;तर उहाँहरू मान्नुभएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन।&rdquo;</em></p> <p style="text-align: justify;"><em>झण्डै दुई तिहाई नजिकको बहुमतका साथ संसदमा प्रतिनिधित्व गर्ने दलभित्रको आन्तरिक विवादका कारण आइतबार मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिलाई गरेको थियो। राष्ट्रपतिव्राट मन्त्रिपरिषद्को सिफारिस सदर भएर वैशाखमा मध्यावधी चुनाव हुने पक्का भएपछि नेकपाको असन्तुष्ट पक्ष विरोधमा छ। यसैबीच आज प्रथम अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय कमिटिको बैठक बोलाएका थिए। त्यसको काउन्टर स्वरुप असन्तुष्ट पक्षले पनि असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।</em></p> <p style="text-align: justify;"><em>औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ। पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमाः</em></p> <p style="text-align: justify;"><em>हामी एउटा नयाँ पार्टीतर्फ अगाडि बढ्दैछौं। अहिलेसम्म विधिवत रूपमा पार्टी विभाजित छैन। हामी पार्टी विभाजन गर्न पनि चाहदैनौं। निर्वाचनको घोषणा, निर्वाचन, हुँदा पार्टी फुट्छ &nbsp;&nbsp;? फुट्नुपर्छ र पार्टी निर्वाचन हुँदा &nbsp;? झन् एकजुट भएर अगाडि बढ्नुपर्दैन &nbsp;&nbsp;?</em></p> <p style="text-align: justify;"><em>मैले अस्तीका दिन प्रचण्डजीलाई भने, &lsquo;हामीले केही मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ कि &nbsp;&nbsp;? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्&zwj;यो। हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा जानुपर्&zwj;यो। आपसी अन्तरविरोधहरू टुंगाउनुपर्&zwj;यो। अब एकजुट भएर हामी निर्वाचनका काममा अगाडि बढौं। प्रधानमन्त्री नै बन्नु छ भने पनि चुनावबाट बन्ने होला नि त &nbsp;&nbsp;? म प्रधानमन्त्री चुनावबाट बनेको हुँ। यसले हामीलाई एकठाउँमा पुर्याउँछ।&rsquo;</em></p> <p style="text-align: justify;"><em>अरू पार्टी पनि एकजुट हुँदैछन्, चुनावको सामना गर्नका लागि। हामी &nbsp;&nbsp;? उहाँहरू त मान्नुभएन, उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा। कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू यस धर्तीमा, यस धर्तीको भूमीमा, यस धर्तिको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपुर्ती गर्न उहाँहरू चलिरहनुभएको छैन।&nbsp;</em></p> <p style="text-align: justify;"><em>तपाईहरूलाई थाहा छ। ममाथि हमला कतिकतीव्रेला हुन्छ &nbsp;&nbsp;? तपाईहरूलाई थाहा छ। मेरो आफ्नै जीवनमा, मेरो आफ्नै अनुभवका हिसाबले भन्ने हो भने जब देशमा निरंकुश राजतन्त्र थियो, तानासाही पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन सुरु गर्यौं। हमला भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>मैले आफै व्यक्तिगत तवरमा पनि के झेल्नुपरेको छ भन्ने मैले अलिकति सु्नाउन खोजेको। त्यसबेला हामीले आक्रमण सहनुपर्&zwj;यो, मैले पनि आक्रमण सहनुपर्&zwj;यो। मैले जेलमा पनि बस्नुपर्&zwj;यो, अरू साथीले पनि बस्नुपरयो। हामीमाथि हमला कतीव्रेला भयो भने, जतीव्रेला हामीले जनताका लागि, देशका लागि, एउटा निर्णायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं, त्यसबेला हमला भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसपछिका दिनहरू पनि म थुप्रै सम्झन्छु। तर पछिल्लो समयको मात्र कुरा गरौं। म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध। हामीले संविधान जारी गर्यौं। संविधान जारी गरेबापत हमला भयो। नाकाबन्दी हामीमाथि लगाइयो। नाकाबन्दीका विरुद्ध हामीले डटेर सामना गर्यौं। त्यसबेला आलोचना र विरोध हाम्राविरुद्ध केन्द्रित गरियो। देश बर्बाद् गराउने भयो, नसक्ने ठाउँमा सिङ जुधाउन पुग्यो, छिमेकीहरूसँग सम्बन्ध बिगार्&zwj;यो। हामीले सम्बन्ध बिगारेको थिएन। हामी त नाकाबन्दी भोगिरहेका थियौं र त्यसको विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं।&nbsp;</em></p> <p style="text-align: justify;"><em>तर पनि हाम्रो राष्ट्रको स्वाभिमान सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने मान्छेहरू थिए, शक्तिहरू थिए। हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दूरवुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठेरोमा पर्ने स्थिति भयो। अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढङ्गले बोलेर अभियान चाल्नुभयो। हामी एउटा देशबाट घेरिएका थियौं। चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु भएन। तीव्र भयो हमला।&nbsp;</em></p> <p style="text-align: justify;"><em>चीनतिरबाट पारवहन र यातायात सम्बन्धि सन्धी भएपछि, हामीले त्यता तिरका विभिन्न नाका खोलेपछि, विभिन्न बाटाहरू बनाएपछि, चीनसँग जोडने बाटा बनाइयो भनेर हामीमाथि हमला भयो। हाम्रा दूर्गम ठाउँहरू चीनसँग जोडिएका छन्, सिमाना जोडिएका छन्। ती दूर्गममा ठाउँमा बाटो नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं। त्यसकारण हामीले चिनसँग सम्बन्ध जोड्नैपथ्र्&zwj;यो। बाटाहरूले जोडनैपथ्र्&zwj;यो। हवाई जोडनैपथ्र्&zwj;यो।</em></p> <p style="text-align: justify;"><em>कनेक्टिभिटीका अनेक&ndash; ट्रान्स हिमालयन कनेक्टिभिटीका, हिमाल&ndash;पहाड सम्बन्ध, आवागमन, हवाई या दूरसञ्चार वा अरू वा रेलमार्ग अरू बाटा विभिन्न माध्यमबाट हामीले खोल्यौं। त्यसो भएपछि हाम्रा विरुद्ध यति तीव्र्र हमला भयो की, त्यो सरकार ढलाई छोडे। म कमरेडहरूलाई प्रश्न गर्न चाहन्छु, देशका लागि त्यति दृडताका साथ, त्यति स्पष्ट दृष्टिकोणका साथ, केही हुँदैन क्यारे यो देशमा भन्ने ठाउँमा जनताका सपनाहरू, ओइलाएका सपनाहरू जगाएर, विकासको एउटा लहर चलाएर, राष्ट्रिय भावना जगाएर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाएर देशलाई एक लय र एक तालमा समृद्धिको बाटोमा अगाढि बढाउने त्यो सरकार, त्यति उपलब्धिसाथ अगाडि बढेको सरकार गिराउनेमा हाम्रै पार्टीका नेताहरू भएका र अविश्वासको प्रस्तावमाथि बोल्दा अविश्वासको प्रस्तावको आफ्नै पार्टीका नेताहरूले समर्थत गरे त्यसबेला। त्यो कुरा पनि मलाई सम्झना छ। हाम्रै सांसदहरूको शिर निउरिएको थियो त्यो बेला, त्यो थाहा छ।&nbsp;</em></p> <p style="text-align: justify;"><em>अब एउटा परिस्थिती अहिले फेरी यहाँ आयो। हामीले हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर नक्सा छाप्यौं। हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर, हामीले अरूको भूभाग सामेल गरेको होइन। हाम्रो भूभाग सामेल गरेर नक्सा छाप्छौं र त्यो नक्सालाई नक्सामात्र छापेर त्यो कुनै पोस्टर होइन। हामीले छापेको राष्ट्रको सार्वभौम सत्ता र भूगोल हो। सार्वभौम सत्ता सम्पन्न हाम्रो भूगोल हो। त्यो भूगोल नक्साबाट समेत बाहिर पारिएको थियो। सुगौलीको सन्धीपछि हामीले १४६ वर्षसम्म भोगचलन गरेको जमिन ५८ वर्षअगाडि कालापानीमा भारतीय फौज बस्यो र त्यसभन्दा उताको लिपुलेख र लिम्पियाधुरा बाटामा फौज बसेर ब्लक गरेपछि उतैको जस्तो गरेर हट्यो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>त्यसपछि यो संविधान संशोधन गरियो। सर्वसम्मतीले गरियो। संविधान बनाउदा पनि सर्वसम्मती भएको थिएन। कुनै पनि कुरामा संविधानको मामिलामा राष्ट्रिय सहमति अथवा राष्ट्रिय सर्वसम्मति अहिलेसम्म भएको थिएन। तर हामीले संविधानको प्रश्नमा राष्ट्रलाई एक ठाउँमा उभ्यायौं। कतिको छातीमा ह्वारह्वार आगो बल्यो। किन बलेको हो &nbsp;? थाहा छैन।</em></p> <p style="text-align: justify;"><em>एउटा समूह पृथकतावादी राजनीति लिएर हिडिरहेको थियो। त्यस समूहलाई हामीले संविधानसम्मत, संवैधानिक राजनीति, शान्तिपूर्ण राजनीतिको मूलधारमा, राष्ट्रिय एकताको मूलधारमा ल्याउने काममा सफलता प्राप्त गर्यौं। त्यो बेला पनि हामीले विरोधको सामना गर्नुपर्&zwj;यो। यो के षणयन्त्र हो &nbsp;? त्यस्ताहरूलाई किन मञ्च दिइयो &nbsp;? आदि इत्याादि। एउटा पृथकतावादी राजनीतिको अन्त्य भएर राष्ट्रिय मूलधारको राजनीति जब अगाडि बढ्दैछ भने त्यसमा मन पोल्नुपर्ने कारण के &nbsp;&nbsp;? कलेजो जल्नुपर्ने कारण के &nbsp;&nbsp;? तर केही मान्छेहरूको जल्यो। त्यहाँ राष्ट्रवाद देखे, पृथकतावादको अन्त्य हुँदा राष्ट्रवादको नारा लगाएर रुवाबासी गरे केही मान्छेहरू। हामी देख्न सक्छौं यसभित्र के होला &nbsp;&nbsp;? हामी बुझ्न सक्छौं, यसभित्र के होला &nbsp;&nbsp;? यतिबेला त्यसैकारण हाम्रा विरुद्ध तीव्र्र हमला भइरहेछ।&nbsp;</em></p> <p style="text-align: justify;"><em>हाम्रा एकजना पार्टीका वरिष्ठ नेताले टेलिभिजनमै भनेको सुनियो। तपाई एकताको विपक्षमा हुनुहुन्थ्यो नि भनेर सोध्दा, &lsquo;होइन&ndash;होइन, भ्रम नगर्नुहोस् म एकताको विरुद्धमा थिइँन। यो एकता गरेपछि नै एकता गरेको समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ भनेर एकताको पक्षमा थिएँ। एकताको एकदम पक्षमा थिएँ। किनभने त्योसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ।&rsquo;&nbsp;</em></p> <p style="text-align: justify;"><em>अथवा एकता उहाँलाई चाहिएको किन रहेछ &nbsp;&nbsp;? कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन होइन, उहाँहरू अहिले सफल हुनु भएको छ। उहाँहरू जानु भएको छ, आज म सुन्दैछु केपी ओलीलाई निकाल्नु हुन्छ रे। उहाँहरूले भन्दा दश वर्ष अगाडि मैले पार्टी सदस्यता कम्तिमा लिएको होला। एउटा आन्दोलन सुरु गरेर, जति बेला आन्दोलन चुत्रा चुत्रा&ndash; धुजा&ndash;धुजामा थियो, यस अवस्थामा एकता एकिकरणको एउटा अभियान थालेर आएको मलाई आज फेरि यो पार्टीमा ताज्जुप के भने प्रचण्डले निकाल्दिने रे पार्टीबाट।</em></p> <p style="text-align: justify;"><em>पार्टीबाट प्रचण्डले निकाल्ने रे। म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरूमा अल्झिँदैनौं। प्रचण्डले पार्टीबाट निकाल्छन् कि, कहाँ कहाँ बाट निकाल्छन् कि, उनका घरबाट निकाल्छन् कि, अन्त कहाँ कहाँबाट निकाल्छन्। त्यो उनको कुरा हो।</em></p> <p style="text-align: justify;"><em>हामी एउटा आन्दोलमा छौं। हामी हाम्रा महान् उद्देश्यहरूमा छौं। हामीले हाम्रा महान् उद्देश्यहरू तोकेका छौं। हामी समाजवादमा पुग्न चाहन्छौं। अहिले त्यसकारण समाजवाद उन्मुख छ।</em></p> <p style="text-align: justify;"><em>समाजवाद उन्मुख भएको लोककल्याणकारी राज्यको अवधारणअनुसार काम गर्दै सामाजिक न्याय र समानताको अभिवृद्धि गर्दै सुशासन विकासको बाटोमा अगाडि बढेर हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्छ्या पूरा गर्ने हाम्रो उद्देश्य, त्यो हो।</em></p> <p style="text-align: justify;"><em>हामी त्यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं। त्यस उद्देश्यका निम्ति हामी एउटा वास्तवमै सशक्त आन्दोलन निर्माणमा छौं। त्यो आन्दोलन निर्माण गर्न, सञ्चालन गर्न त्यसलाई ठीक ढङ्गले अगाडि बढाउनका लागि हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ। &nbsp;त्यो सशक्त पार्टी एकताबद्ध हुनुुपर्दछ। अघि मैले भनेका सही विचारहरू&ndash; माक्र्सवादी दर्शन, माक्र्सवादी&ndash;लेनिनवादी सिद्धान्त र हामीले लिएको हाम्रो गन्तव्यतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्र त्यसका निम्तिका कार्यक्रम, योजना नीतिका साथ हामी अगाडि बढ्छौं।</em></p> <p style="text-align: justify;"><em>त्यस्तो गर्नका लाागि त्यस्तो राष्ट्रिय आन्दोलन चलाउनका लागि हामीलाई सशक्त मजबुत एकताबद्ध गतिशील पार्टी चाहिन्छ।</em></p> <p style="text-align: justify;"><em>त्यस्तो पार्टी निर्माणको एउटा नयाँ चरणमा फेरि हामी प्रवेश गरेका छौं। कमरेडहरूलाई लाग्ला, केही साथीहरू त आएनन्।</em></p> <p style="text-align: justify;"><em>यस्तो हुन्छ। हुुँदो रहेछ। हामीले नचाहेको कुरा हो, भरसक सबै साथीहरूलाई लिएर अगाडि बढौं भन्ने सोचेको हो। तर उहाँहरू प्रधानमन्त्री पनि बामपन्थी देख्नै नसक्ने, पहिले पनि तपाईहरूले देख्नु भएको छ, उहाँहरूको राजनीतिक दृष्टिकोण छैन, वर्गीय दृष्टिकोण छैन। आन्दोलनको दृष्टिकोण छैन। आफ्नो पद, आफ्नो लाभ, आफ्नो हित, त्यो कुरा मात्रै छ।</em></p> <p style="text-align: justify;"><em>अघिल्लो पल्ट मैले नेतृत्व गरेको सरकार ढलाउनु किन पर्याे &nbsp;&nbsp;? उहाँहरूसँग जवाफ छ &nbsp;?<br /> उहाँहरूसँग कुनै जवाफ हुन सक्दैन।</em></p> <p style="text-align: justify;"><em>अहिले आएर उहाँहरू भन्नु हुन्छ, अघिल्लो सरकार लोकप्रिय थियो, लोकप्रिय भए ढालेको किन त &nbsp;?&nbsp;</em></p> <p style="text-align: justify;"><em>उहाँहरू नै हो ढाल्ने। अलिक पछि भन्नुहुन्छ, अहिलेको सरकार त लोकप्रिय थियो, त्यतिबेलाको चाही भएन। अलिक पछि।</em></p> <p style="text-align: justify;"><em>मैले चुनाव अगाडि भनेको थिएँ, अब बामपन्थीको सरकार हामी बनाउँछौं। र अत्यधिक बहुमतको सरकार हामी बामपन्थीको बनाउँछौं। त्यो हामीले गर्&zwj;यौं। अब कमरेडहरूलाई अलिकति चिन्ता लाग्ला। त्यो चिन्ता नलिन म आग्रह गर्छु।</em></p> <p style="text-align: justify;"><em>पुराना पातहरू झर्ने, नयाँ पातहरू पलाउने यो क्रम भइरहन्छ। हामीले नचाहँदा पनि हुन्छ। पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरू।&nbsp;</em></p> <p style="text-align: justify;"><em>हामीले चाहेर के गर्ने &nbsp;&nbsp;? चाह्यौ हामीले अहिले पनि चाहिरहेका छौं। उहाँहरू जस्तो कसैलाई निकालेर, निष्कासन गरेर हामी कुदिराख्या छैनौं।</em></p> <p style="text-align: justify;"><em>उहाँहरू यति उपध्रो गरिरहनु भएको छ। यति अन्तरघात गरिरहनु भएको छ। बामपन्थी आन्दोलनलाई, कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टी भित्रै बिग्रहको यस्तो खेति गरिरहनु भएको छ उहाँहरू। तर पनि हामी कसैलाई निकालिरहेका छैनौं।</em></p> <p style="text-align: justify;"><em>आफैँ उहाँहरू किनारा लाग्दै हुनुहन्छ। त्रिशुलीमा तपाईहरूले हेर्नु भएको होला&ndash; केही केही चिजहरू नदिमा परे भने त्यो बिस्तारै बग्दै जाँदा किनारा&ndash;किनारा तिर लाग्दै जान्छन् र नदिका किनारमा फोहोरहरू किनारमा धकेलिदएको देख्नु भएको होला।</em></p> <p style="text-align: justify;"><em>नदिले बग्ने क्रममा किनारमा फोहोर धकेल्दै जान्छ, फ्याँक्दै जान्छ, छोड्दै जान्छ र सफा हुँदै अगाडि बढ्छ।</em></p> <p style="text-align: justify;"><em>भन्न त नहुने, नमिल्ने, तर नमिले पनि एउटा गीत सम्झिनु पर्&zwj;यो जीवन शर्माको जस्तो लाग्छ&ndash; &nbsp;पिलो निचोरिदैमा ओजन घटेको हुन्न।</em></p> <p style="text-align: justify;"><em>पिलो निचोरिन्छ, त्यसको खील बाहिर जान्छ तर ओजन घट्या हुन्न, खील निस्किँदैमा। पार्टीमा तपाईहरू कल्पना गर्न सक्नुहुन्छ। एकता गरेपछि कमिटिहरूले काम गर्न पाए &nbsp;&nbsp;? तपाईहरूले काम गर्न पाउनु भयो &nbsp;&nbsp;? तपाईहरूले गतिसाथ अगाडि बढ्न पाउनु भयो &nbsp;&nbsp;? विभिन्न बाहानामा तपाईहरूलाई गाइभैसीलाई झैँ खुट्टै लगाउने काम भयो।&nbsp;</em></p> <p style="text-align: justify;"><em>काम गर्न नपाउने अवस्था भयो। जनताका बीचमा स्पष्ट राजनीति लिएर गतिशील डङ्गले जान नपाउने, संगठन एक ढिक्का भएर अगाडि बढ्न नपाउने, त्यसप्रकारको कुटनीति भयो।</em></p> <p style="text-align: justify;"><em>हामीले एकदिन गर्व गर्&zwj;यौं। तीन महिना भित्र एकिकरणका काम टुङ्ग्याउने निर्णय गरेका होइनौं &nbsp;&nbsp;? त्यो तीन महिना कहिले आउँछ &nbsp;&nbsp;? त्यता पट्टि कहिल्यै ध्यान गएन। दुई वर्षभित्र महाधिवेसन गर्ने भनियो, गएको जेठ ३ गतेभन्दा उतै महाधिवेस सम्पन्न भइसक्नु पर्ने। सम्भवत विधानको धारा १७ मा होला। दुई वर्ष भित्र महाधिवेसन सम्पन्न गरिसक्नुपर्छ। तर महाधिवेसन गर्नेतर्फ कुनै सोच छैन। कुनै चिन्ता छैन। कुनै तयारी छैन।</em></p> <p style="text-align: justify;"><em>अहिले हामी विशेष परिस्थिति, विशेष अभिभारा र विशेष अभियानमा भएकाले कमिटिलाई ठूलो पनि बनाउन पर्&zwj;यो। र, एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन्। त्यस कुरालाई पनि ध्यानमा राख्नु पर्&zwj;यो। विभाजन भएर छुटिट्एनन् भने त्यस स्थितीमा पनि हामीले अभियानलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नु पर्&zwj;यो।</em></p> <p style="text-align: justify;"><em>तसर्थ, ११ सय ९९ जनाको केन्द्रीय कमिटि हुनेछ। त्यसमा ४४७ पहिलेको र ५५६ हिजो २०७७ साल पुस ६ गतेको। मैले प्रथम अध्यक्षको हैसियतले आन्दोलनको वृहत्तर हितलाई ध्यानमा राखेर यस विशेष परिस्थितिलाई केन्द्रीय समितिमा मनोनयन गरेको ५५६ जना गरेर १००३ जना गरेर अहिले यतिबेला मौजुद छौं। पहिलेको कमिटिहरू पनि यसैगरी भएका थिए। र, पहिले पनि बनिसकेपछि आफैँ अनुमोदन गरिएको हो। अहिलेसम्म भएका कमिटिहरू संक्रमण कालिन कमिटिहरू हुन्।</em></p> <p style="text-align: justify;"><em>अहिलेसम्म कमिटिहरूले एकीकरण काम पूरा गरेर दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने भनेर तोकिएको थियो। र, त्यो कुरा विधानमा पनि उल्लेख छ। जुन अभिभारा पूरा गर्न पहिलेको केन्द्रीय कमिटिबाट सम्भव देखिएन्।</em></p> <p style="text-align: justify;"><em>त्यसकारण, पहिलेको कमिटिलाई गतिशिल र संगठित गर्न खोजेर एकताबद्ध बनाउन खोज्दा कुनै हिसाबले पनि सम्भव भएन् र म अध्यक्षको हिसाबले मेरो कर्तव्य हो। कुनै पनि हालतमा मैले पार्टीलाई असफल हुन दिनु हुँदैन। पार्टीलाई गतिहिन हुन दिनु हुँदैन। आन्दोलनलाई सिद्दिन दिनु हुँदैन र पार्टीलाई ध्वस्त हुन दिनु हुँदैन। त्यसैले मैले सदस्यहरू थपेको छु।</em></p> <p style="text-align: justify;"><em>यथास्थितिमा अहिले भएका कमिटिबाट एकीकरणका बाँकी काम पूरा गर्न र महाधिवेशन आयोजना गर्न पनि सम्भव छैन। यी कमिटिहरूको कार्यविधि सहमतीको बाटोमा कार्यसम्पादन गर्ने र त्यसबाट अगाडि बढ्ने थियो। तर, त्यो कमिटिले कहिल्यै सहमतिको बाटो समातेन र समात्न सफल भएन्। बरु झमेला सिर्जना गर्ने, अन्यौलता सिर्जना गर्ने, तत्वहरूको चंगुलमै कमिटि घुमिरह्यो। केही तत्वहरूले समस्या सिर्जना गर्ने र त्यही समस्यामा कमिटि रुमल्लिने र त्यो समस्यालाई छिचोलेर अगाडी जान नसक्ने। त्यो विवसताबाट कमिटिलाई कसरी अगाडि बढाउने भन्ने बारे अन्यौलता सिर्जना गरे।</em></p> <p style="text-align: justify;"><em>त्यसले कार्यकर्ता पंक्तिलाई पनि निरीह र निराश बनाउँदै लगेको स्थितिलाई अविलम्ब रोक्न आवश्यक पर्&zwj;यो। सरकारले गरेको राम्रा कामहरूलाई समेत भरसक ओझेलमा पार्ने, बंग्याइ टिङग्याई कुप्रचार गर्ने, विपक्षी र विरोधीलाई समेत उछिनेर अनावश्यक र झुटा कुरा उचालेर सरकारलाई बद्नाम गर्ने काम संगठित र योजनाबद्ध तरिकाले भइरहेको हुँदा तीनलाई तत्काल रोक्न मौजुदा कमिटि असफल भए।</em></p> <p style="text-align: justify;"><em>पार्टी नेतृत्वको लगातार अनुचित विरोध र निन्दा भइरहने र अनेकौं निराधार, झुटा र घिनलाग्दा आरोपसहित नेतृत्वलाई खुइल्याउने प्रयास भइरहेको हुँदा त्यसप्रकारका पार्टीलाई नोक्सान पुर्&zwj;याउने र विपक्षीलाई फाइदा पुर्&zwj;याउने खालका कुराहरू मौजुदा कमिटिले रोक्न सकेन।</em></p> <p style="text-align: justify;"><em>विभिन्न समयमा चर्को माग हुँदा हुँदै पनि कमिटि निर्माणमा सन्तुलनको पक्षलाई ध्यान नदिइएको र ध्यान दिन मानिएन्। यसमा सकरात्मक ढङ्गले क्रमशः सुधार गर्दै जानुपर्नेमा त्यसमा बिलम्ब गर्न उचित नहुने भएकाले पार्टी र पार्टी मातहतका संगठन र संरचनाहरू, पार्टीले लिएको नीति कार्यक्रम, कार्ययोजना र उद्देश्यहरू कार्यान्वयन गरेर उपलब्धि हात पार्ने माध्यम रहन्छ।</em></p> <p style="text-align: justify;"><em>ती पार्टीलाई विभिन्न अप्ठ्यारा मोडहरूबाट जोगाउँदै यहाँसम्म ल्याइ पुर्&zwj;याउने नेतृत्व तथा पार्टीको प्रथम अध्यक्षको हैसियतले मौजुदा नेतृत्वदायी कमिटिमा केही आवश्यक संख्या थपी ऐनलाई सुदृढ, सन्तुलित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखि मौजुदा केन्द्रीय कमिटिमा देहायका कमरेडहरूलाई समावेश गरी हालको संख्यामा ५५६ जना थपी १००३ सदस्यीय केन्द्रीय कमिटिको प्रस्ताव गरेको छु। अहिले १००३ र जम्मा सदस्य ११९९ जना हुन्छ। यसलाई निर्णयका लागि म प्रस्ताव गर्दछु।</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्