काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ताको समयमा सभामुख अग्निप्रसाद सापकोटाले जालसाजी गरेको पुष्टि भएको छ।
संघीय संसद सचिवालयमा पुस ५ गते ३:३० मा दर्ता भएको अविश्वासको प्रस्तावलाई सच्चाउन लगाई १०:५० को समय बनाउन लगाएर सभामुख सापकोटाले जालसाँझी गरेको पुष्टि भएको हो।
संसदका प्रवक्ता रोजनाथ पाण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको वारेमा स्पष्ट पारेका छन्।
‘संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वासको प्रस्तावको दर्ता समयलाई सलएर विभिन्न सञ्चार माध्यममा आएको समाचारको सबन्धमा सचिवालयको ध्यानाकर्षण भएको’ उल्लेख गर्दै ३:३० मा दर्ता भएको जानकारी दिएको छ।
‘अविश्वासको प्रस्ताव प्रतिनिधिसभाका सम्मानीय सभामुखज्यूसमक्ष पेस गरी कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता हुने प्रचलन रहेको र २०७७ पुस ५ गतेका दिन पनि सम्मानीय सभामुखज्यूलाई सम्वोधन गरी बिधिवत रूपमा पेस भई सम्मानीय सभामुखज्यूको तोक आदेश भए पछि सोही दिन अपरान्ह ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ’ प्रवक्ताले पाण्डेल प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।
तर, सभामुख सापकोटाको निर्देशनमा ३:३० मा दर्ता भएको अविश्वासको प्रस्तावलाई सच्चाएर १०:५० मा दर्ता भएको भन्दै बाहिर सार्वजनिक गरिएको थियो।
पहिला दर्ता भएको समयलाई उल्टयार सभामुख सापकोटाले १०:५० को समय राख्न दबाब दिए पछि संसद सचिवालय असन्तुष्ट रहँदै आएको थियो।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ताको समयमा सभामुख अग्निप्रसाद सापकोटाले जालसाजी गरेको पुष्टि भएको छ।संघीय संसद सचिवालयमा पुस ५ गते ३:३० मा दर्ता भएको अविश्वासको प्रस्तावलाई सच्चाउन लगाई १०:५० को समय बनाउन लगाएर सभामुख सापकोटाले जालसाँझी गरेको पुष्टि भएको हो।

">