प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिटको सुनुवाइ अब संवैधानिक इजलासमा
<p>काठमाडाैं। सर्वोच्च अदालतले प्रतिनिधिसभा (संसद्) विघटनसम्बन्धी परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ।</p>
<p>प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा रहेका ती रिटहरूको सुनुवाइ संवैधानिक इजलासबाटै गरिने भएको हो।</p>
<p>संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित पाँचजना न्यायाधीश रहेका छन्।</p>
<p>सबै रिटहरू संवैधानिक प्रकृतिका भएकाले थप सुनुवाइका लाग संवैधानिक इजलासमा पठाउने भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्