काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद दम्पती शेरबहादुर तामाङ र उषाकला राईले संसद पुन:स्थापना नभए मुलुक निर्वाचनको कोर्षमा जानुपर्ने बताएका छन्।
सिन्धुपाल्चोकका सांसद तामाङ र खोटाङकी सांसद राईले आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै संसद विघटनको विषय अदालतले व्याख्या गरेपछि मात्र टुंगो लाग्ने र संसद पुन:स्थापना भए मुलुकको राजनितिक परिघटना पुन: अर्को कोर्षबाट हुने बताएका छन्।
"तर, पुन:स्थापना नभए मुलुक सार्वभौमसत्ता सम्पन्न जनताको हातमा रहेको छ। मुलुक पूर्णतः निर्वाचनको कोर्षमा जानु पर्दछ," वक्तव्यमा भनिएको छ, "हामीहरू आफ्ना अगाडि देखिएका चिजहरूलाई विश्वास नगरेर अनुमानहरू लगाउन धेरै खप्पिस छौं। तसर्थ यो गम्भीर परिस्थितिमा सबैले संयम र धैर्यतापूर्वक कृयाशील भई निराशाको खेती गर्न छोडेर आशावादीताको बीउ रोप्न सबैमा हार्दिक अपिल गर्दछौं।"
तामाङ दम्पती गाँजाखेतीलाई वैधानिकता दिलाउन र स्वदेशमै उत्पादन हुने कोदोको मदिरालाई ब्राण्ड बनाउन संसदमा विधेयक दर्ता गरेका थिए। अब संसद नै विघटन भएकाले वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेशमार्फत भए पनि खुल्ला हुने अपेक्षा व्यक्त गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद दम्पती शेरबहादुर तामाङ र उषाकला राईले संसद पुन:स्थापना नभए मुलुक निर्वाचनको कोर्षमा जानुपर्ने बताएका छन्।सिन्धुपाल्चोकका सांसद तामाङ र खोटाङकी सांसद राईले आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै संसद विघटनको विषय अदालतले व्याख्या गरेपछि मात्र टुंगो लाग्ने र संसद पुन:स्थापना भए मुलुकको राजनितिक परिघटना पुन: अर्को कोर्षबाट हुने बताएका छन्।

">