काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा नेकपा संस्थापक पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादको प्रतिपादक जननेता मदन भण्डारीको तस्बिर राखेर सुरु भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी केन्द्रीय समिति बैठकको पृष्ठभूमिमा नेकपाको चुनाव चिह्न सूर्य राखिएको छ, जहाँ गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको छ। प्रधानमन्त्री ओलीले हालै मनोनित गरिएका केन्द्रीयसहितका नेताहरूलाई निर्वाचनको तयारीलगायत भावी कार्यदिशाका बारेमा मन्तव्य राख्नेछन्।
उता, पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको केन्द्रीय समिति बैठक पनि कार्की बैंक्वेटमा सुरु भएको छ। कम्युनिष्ट पार्टीको झन्डा हसियाँ हथौडा मात्रै पृष्ठभूमिमा राखेर सुरु भएको प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले सुरेन्द्र पाण्डेलाई महासचिव चयन गर्दै छ। राजनीतिक रूपमा विभाजन भए पनि प्रचण्ड-नेपाल समूहमा महासचिव यसअघि थिएनन्।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा नेकपा संस्थापक पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादको प्रतिपादक जननेता मदन भण्डारीको तस्बिर राखेर सुरु भएको छ।

">