काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र भावी महासचिवको विषयलाई लिएर विवाद देखा परेको छ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रमध्ये कुन समूहबाट महासचिव चयन गर्ने भन्ने विषयमा उत्पन्न भएको विवाद समाधान नहुँदा आजको केन्द्रीय समिति बैठकले महासचिव चयन गर्ने अजेन्डा नै कार्यसूचीमा राख्न सकेन।
“नेकपा केन्द्रीय कमिटीको यस बैठकमा महासचिव चयनसम्बन्धी कार्यसूची छैन,” नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले भनेका छन्, “सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिने निर्णय गरेको छ।”
यसअघि प्रचण्ड-नेपाल समूहले आजै महासचिव चयन गर्ने भन्दै शीर्ष नेतृत्वमा सुरेन्द्र पाण्डेको नाममा सहमति भएको थियो। तर, पूर्वमाओवादी खेमाले पाण्डेको नाममा आपत्ति जनाउँदै आफ्नो समूहबाट महासचिव बनाउनुपर्ने अडान लिएपछि अन्तिम समयमा कार्यसूचीबाट महासचिव चयनको विषय हटाइएको थियो।
स्रोतका अनुसार प्रचण्ड-नेपाल समूहको महासचिव बन्नका लागि पूर्वएमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललगायतले दावी प्रस्तुत गरेका थिए भने पूर्वमाओवादी खेमाबाट कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त र जनार्दन शर्माले दावी प्रस्तुत गरेका थिए।
दुवैतर्फबाट दावी प्रस्तुत भए पनि अध्यक्षद्वय प्रचण्ड र नेपालले पाण्डेको नाममा सहमति जनाएा थिए। तर अन्ततः दुवै पक्षले आपत्ति जनाएपछि महासचिव चयन गर्ने कार्यसूची अन्तिममा हटाइएको हो। अब महासचिव चयन गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ।
" /> काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र भावी महासचिवको विषयलाई लिएर विवाद देखा परेको छ।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रमध्ये कुन समूहबाट महासचिव चयन गर्ने भन्ने विषयमा उत्पन्न भएको विवाद समाधान नहुँदा आजको केन्द्रीय समिति बैठकले महासचिव चयन गर्ने अजेन्डा नै कार्यसूचीमा राख्न सकेन।

">