काठमाडौं। प्रतिनिधिसभा विघटनको विरूद्धमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुस १४ गते प्रदर्शन गर्ने भएको छ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको कमाण्डमा देशैभर हुने उक्त प्रदर्शनको तयारीका लागि दुई हजार ५०१ सदस्यीय जनपरिचालन कमिटी गठन गरिएको छ।
भोलि बिहान १० बजे संयुक्त विरोधपत्र बुझाउन निर्वाचन आयोगमा जाने र त्यहाँबाट फर्केपछि अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा विघटनका बारेमा पार्टीको स्थिति तय गर्ने, ११ गते प्रदेश कमिटीले सम्बन्धित प्रदेशमा तथा १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्नेसमेत निर्णय केन्द्रीय समिति बैठकले गरेको छ।
" /> काठमाडौं। प्रतिनिधिसभा विघटनको विरूद्धमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुस १४ गते प्रदर्शन गर्ने भएको छ।सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको कमाण्डमा देशैभर हुने उक्त प्रदर्शनको तयारीका लागि दुई हजार ५०१ सदस्यीय जनपरिचालन कमिटी गठन गरिएको छ।

">